प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १५६ सिटको नतिजा सार्वजनिक « Khabarhub

प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १५६ सिटको नतिजा सार्वजनिक


११ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत १६५ निर्वाचन क्षेत्रमध्ये हालसम्म १५६ सिटको अन्तिम परिणाम आइसकेको छ।

सबैभन्दा धेरै नेपाली कांग्रेसले ५३ वटा सिटमा जीत हासिल गरेको छ भने नेकपा एमालेले ४१ वटा क्षेत्रमा जीत हासिल गरेको छ। पछिल्लो पटक रामेछापबाट कांग्रेसका पूर्णबहादुर तामाङ विजयी भएका छन् भने महोत्तरी–१ बाट महोत्तरी–१ मा एमालेका लझ्मी महतो कोइली निर्वाचित भएका छन् ।

त्यसैगरी नेकपा (माओवादी केन्द्र)ले १७, नेकपा (एकिकृत समाजवादी)ले १० र राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी ७–७ क्षेत्रमा विजयी भएका छन्।

साथै, जनता समाजवादी पार्टीले ६, लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले ४, नागरिक उन्मुक्ति पार्टीले ३ क्षेत्र तथा पाँच जना स्वतन्त्र उम्मेदवारहरुले जीत हासिल गरेका छन्।

अझै ९ स्थानको नतिजा आइसकेको छैन। ६ स्थानमा मतगणनामा ढिलाइ हुँदा नतिजा आएको छैन भने ३ स्थानमा मतगणना सुरु हुन सकेको छैन। बाजुरामा शनिबार पुनः मतदान भएकाले मतगणनामा ढिलाइ भएको हो।

हालसम्म दोलखा–१, स्याङ्जा–२, सुनसरी–१, ३ र ४, बाजुरा, इलाम–१, उदयपुर–१ को नतिजा आउन सकेको छैन।

प्रकाशित मिति : ११ मंसिर २०७९, आइतबार  ९ : ३० बजे

बुद्धनगरमा आत्मदाहको प्रयास गरेका अश्विन राउतको निधन

काठमाडौं- राजधानीकोे बुद्धनगरमा आत्मदाहको प्रयास गरेका अश्विन राउतको निधन भएको

भियतनाममा पर्यटक बोकेको डुङ्गा पल्टिँदा १५ जनाको मृत्यु

हनोई- भियतनामको दक्षिणी फु क्वोक टापु नजिक शनिबार पर्यटक बोकेको डुङ्गा

गण्डकीमा पूर्वाधार विकासले गति लिएको छ : मुख्यमन्त्री पाण्डे

गोरखा- गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशमा पूर्वाधार विकासका आयोजना निर्धारित

विपद् प्रतिकार्यसम्बन्धी कार्ययोजना अनुमोदन

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले विपद् व्यवस्थापनलाई थप

गणेश नेपालीको न्यायको माग गर्दै वीर अस्पतालअघि प्रदर्शन (तस्बिरहरू) 

काठमाडौं- आत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएका गणेश नेपालीको न्यायको माग