ललितपुरका ९ : ५ मा एमाले, ३ मा कांग्रेस विजयी | Khabarhub Khabarhub

ललितपुरका ९ : ५ मा एमाले, ३ मा कांग्रेस विजयी


११ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

ललितपुर– ललितपुरमा तीनवटा संघीय निर्वाचन क्षेत्र र ६ वटा प्रादेशिक निर्वाचन क्षेत्र छ । हालै सम्पन्न निर्वाचनमा पाँचवटा क्षेत्रमा एमाले, तीनवटामा कांग्रेस र एउटामा राष्ट्रिय स्वतन्त्र पार्टीले जित हासिल गरेको छ । यही मंसिर ४ गते भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा प्रतिनिधिसभातर्फ कांग्रेस, एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीले एक/एक क्षेत्रमा जित हासिल गरेको छ । त्यस्तै प्रदेशसभातर्फ एमालेले ४ र कांग्रेसले २ निर्वाचन क्षेत्रमा जितेको छ । 

प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ मा कांग्रेसका उदयशमशेर राणा र क्षेत्र नं. २ मा नेकपा एमालेका प्रेमबहादुर महर्जनले विजयी हासिल गरे । त्यस्तै क्षेत्र नं.३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्कीले जित हासिल गरेकी छिन् । त्यस्तै प्रदेशसभामा ललितपुर १ को प्रदेशसभा १ मा नेकपा एमालेका मधुसुदन पौडेल र प्रदेशसभा २ मा कांग्रेसका मीनकृष्ण महर्जनले निर्वाचित भए । 

ललितपुर क्षेत्र नं १ मा निर्वाचित प्रतिनिधिसभा र प्रदेशसभा सदस्यलाई निर्वाचन अधिकृत बालकृष्ण निरौलाले ७ मंसिर बुधवार निर्वाचित भएको प्रमाणपत्र प्रदान गरे । निर्वाचन अधिकृत बालकृष्ण निरौलाले सार्वजनिक गरेको तथ्यांकअनुसार प्रतिनिधिसभामा निर्वाचित राणाले २३ हजार ८ सय ९२ मत, प्रदेशसभामा निर्वाचित पौडेलले ११ हजार २ सय ९९ मत र महर्जनले १३ हजार ३ सय ७८ मत प्राप्त गरेका छन् । ७४ हजार ३ सय ९७ मतदाता रहेको यस क्षेत्रमा ५० हजार ५ सय ८३ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।   

ललितपुर २ को प्रदेशसभा १ मा  एमालेका रामेश्वर  श्रेष्ठ र प्रदेशसभा २ मा कांग्रेसका रामकृष्ण चित्रकारले जित हात पारे । प्रतिनिधिसभामा निर्वाचित महर्जनले १५ हजार २५ मत, प्रदेशसभामा निर्वाचित श्रेष्ठले ८ हजार २ सय ९८ मत र चित्रकारले ६ हजार ९ सय ९५ मत प्राप्त गरे । ८१ हजार ८ सय ९७ मतदाता रहेको यस क्षेत्रमा ५३ हजार १ सय ७७ मत खसेको क्षेत्र नं. २ निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।  

ललितपुर ३ को प्रदेशसभा १ मा एमालेका रघुनाथ महर्जन र प्रदेशसभा २ मा एमालेका प्रेमभक्त महर्जनले जित हासिल गरे । ललितपुर क्षेत्र नं ३ मा निर्वाचित प्रतिनिधिसभा सदस्य डा. तोसिमा कार्की, प्रदेशसभामा निर्वाचित सदस्य रघुनाथ र प्रेमभक्तलाई मंसिर ८ गते बिहीबार दिउँसो मुख्य निर्वाचन अधिकृत धर्मराज पौडेलले निर्वाचित भएको प्रमाणपत्र प्रदान गरे ।

प्रतिनिधिसभामा निर्वाचित डा. कार्कीले ११ हजार १ सय ३६ मत, प्रदेशसभामा निर्वाचित रघुनाथले ९ हजार ७ सय ६६ मत र प्रेमभक्तले ९ हजार ५८ मत प्राप्त गरेकी छिन् । ९४ हजार १ सय १६ मतदाता रहेको यस क्षेत्रमा ६१ हजार ६ सय ७८ मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

२ लाख ५० हजार ४ सय १० मतदाता रहेको यस जिल्लामा १ लाख ६५ हजार ४ सय ३८ मत खसेको जिल्ल निर्वाचन कार्यालय प्रमुख गोमा धमला घिमिरेले जानकारी दिइन् ।

प्रकाशित मिति : ११ मंसिर २०७९, आइतबार  १ : ०१ बजे

रैथाने धान लगाउने किसानलाई  प्रतिमुरी  एकहजार अनुदान

बागलुङ– ‘हाइब्रिड’ बीउबिजनले कृषि क्षेत्रका पुराना जातहरू लोपजस्तै भएका छन्

सुनको मूल्य आजपनि घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य सामान्य घटेको छ ।

अदालतले पुनर्बहाली गरेसँगै राजुनाथ नगर प्रहरी कार्यालयमा 

काठमाडौं– आफुलाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न उच्च अदालत पाटनले

मुख्य तीन दलका शीर्ष नेताको बैठक बस्दै

काठमाडौं– समसामयिक राजनीतिक विषयमा छलफल गर्न मुख्य तीन दलका शीर्ष

प्रि ओपन सेसन : नेप्सेमा करिब ३ अंकको गिरावट

काठमाडौं– साताको अन्तिम कारोबार दिन बिहीबार प्रि ओपन सेसनमा नेपाल