समानुपातिकतर्फको ८४ लाख मत गणना सम्पन्न « Khabarhub

समानुपातिकतर्फको ८४ लाख मत गणना सम्पन्न


११ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिकतर्फको मतगणना जारी छ । निर्वाचन आयोगले आज अपराह्न १२ बजेसम्म कूल ८४ लाख २१ हजार सात सय ५३ मत गणना सम्पन्न गरेको छ । मतगणना निरन्तर भइरहेको आयोगले जनाएको छ । पछिल्लो विवरण अनुसार मतपरिमाणमा नेकपा (एमाले) ले २३ लाख १६ हजार सात सय ३६ मत प्राप्त गरेको छ । 

दोस्रोमा रहेको नेपाली कांग्रेसले २२ लाख १८ हजार सात सय ४६ मत प्राप्त गरेको छ । तेस्रोमा रहेको नेकपा (माओवादी केन्द्र) ले नौ लाख ६९ हजार तीन सय ९६ मत प्राप्त गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले नौ लाख २८ हजार एक सय २४ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीले चार लाख ८७ हजार आठ सय ५५ मत प्राप्त गरेका छन् ।

 जनता समाजवादी पार्टीले दुई लाख ८९ हजार आठ सय ६८, नेकपा (एकीकृत समाजवादी) ले दुई लाख २४ हजार एक सय ७१ मत प्राप्त गरेका छन् । आयोगका अनुसार जनमत पार्टीले दुई लाख २३ हजार नौ सय ७९, नागरिक उन्मुक्ति पार्टीले एक लाख ९८ हजार ३४, लोकतान्त्रिक समाजवादी पार्टीले एक लाख २० हजार आठ सय ४८,  नेपाल मजदुर किसान पार्टीले ७० हजार २२, हाम्रो नेपाली पार्टीले ४७ हजार नौ सय ७१, राष्ट्रिय जनमोर्चाले ४३ हजार एक सय १६ र मङ्गोल नेशनल अर्गनाइजेशनले ४३ हजार ९८ मत प्राप्त गरेका छन् ।

समानुपातिक निर्वाचन प्रणालीमा सहभागी भएका कूल ४७ दलमध्ये सबैभन्दा अन्तिममा रहेको नेश्नलिष्ट पिपल्स पार्टीले एक हजार तीन सय ७४ मत प्राप्त गरेको छ । 

प्रकाशित मिति : ११ मंसिर २०७९, आइतबार  २ : ३० बजे

कांग्रेसको परिपत्र : निर्वाचनमा एकताबद्ध भएर लाग्न निर्देशन

काठमाडौं- नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै पार्टीका

नेता होइन, मधेशको बेटा बन्न सर्लाही आएँ : गगन थापा

सर्लाही- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू मधेशको बेटा बन्नका

निर्वाचन आयोगमा बालेन शाहविरुद्ध उजुरी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा झापा–५ मा

माघ तेस्रो सातादेखि एचपीभी खोप लगाइँदै

काठमाडौं- सरकारले यस वर्ष पनि पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा

चोरीको मोटरसाइकलसहित एकजना पक्राउ

काठमाडौं- ट्राफिक प्रहरीले चोरीको मोटरसाइकलसहित एकजनालाई नियन्त्रणमा लिएको छ ।