प्रधानमन्त्री ताकेका गगनलाई गम्भीर आरोप | Khabarhub Khabarhub

प्रधानमन्त्री ताकेका गगनलाई गम्भीर आरोप

रवि लामिछानेको पार्टीसँग मिलेर कांग्रेस उम्मेद्वार हराएको आरोप


११ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


405
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : प्रधानमन्त्री बन्ने महत्वाकांक्षा पालेर संसदीय दलको नेताका लागि तयारीमा लागेका गगन थापालाई गम्भीर आरोप लागेको छ । कांग्रेस महामन्त्री थापालाई रवि लामिछानेको स्वतन्त्र पार्टीसँग मिलेर छानी छानी कांग्रेस तथा गठबन्धनका उम्मेद्वार हराएको आरोप लागेको हो ।

युवा र स्वतन्त्रको लहर ल्याउनमा रवि लामिछाने भन्दा गगन थापा जिम्मेवार रहेको आरोप तथा उजुरी बालुवाटारमा पुगेको छ । खासगरी स्वतन्त्र पार्टीका उम्मेदवारसँग हारेका नेता तथा पूर्वमन्त्रीहरुले नै बालुवाटारमा गगनविरुद्ध उजुरी गरेका हुन् ।

काठमाडौँ ८ बाट पराजित भएका भीमसेनदास प्रधानले गगनविरुद्ध आफूलाई हराएको र युवाको नाममा कांग्रेस कार्यकर्तालाई हराउन भूमिका खेलेको आरोपसहित उजुरी गरेका स्रोतले जनाएको छ । यस्तै चितवन २ बाट हारेका उमेश श्रेष्ठले पनि देउवासमक्ष गगनविरुद्ध उजुरी पेश गरेका छन् ।

आफूले जित्ने सम्भावना हुँदाहुँदै कांग्रेस कार्यकर्तालाई उचालेर रवि लामिछानेलाई भोट हाल्न गगनले लगाएको श्रेष्ठको आरोप छ । यी त केही देखिएका गुनासा मात्रै हुन् ।

गगनमाथि कांग्रेसभित्र असन्तुष्टि, गुनासो, आरोप, आक्रोशित र आक्रान्त पनि छ । किनकी गगनले गर्दा नेपाली राजनीतिमा जबर्जस्त पुस्तान्तरण सुरु भएको छ । यसले प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा पनि त्रसित देखिन्छन् ।

आफूले भनेको मान्ने बालकृष्ण खाँण र ज्ञानेन्द्र कार्की हाँर्दैछन् । उनीहरु हारेपछि अहिले उनको नजिक आउने नेताहरू त्यति रणनीतिक रुपमा स्पष्ट छैनन् । देउवाका नजिकका सारथी भनेका पूर्णबहादुर खड्काको योजना के कति छ ? उनैले प्रचण्डसँगको तालमेल मिलाउने आश देउवालाई छ ।

तर गगन यतिबेला प्रधानमन्त्रीका लागि रोकिने छैनन् । खड्काकै गृहजिल्लामा गगनलाई प्रधानमन्त्री बनाउनुपर्ने भन्दै हस्ताक्षर संकलन सुरु भएको छ । यसले गगनलाई जति गम्भीर आरोप लागेका छन्, उनलाई त्यति धेरै चर्चा र विवादमा ल्याएको छ ।

गगन आफैँ पनि मिडियामैत्री नेता हुन् । उनले मिडियामा जस्तोसुकै योजना र कामको बारेमा पनि योजनाबद्ध देखिन्छन् । अनि मिडियामा आएका आलोचनाको जवाफ दिन पनि माहिर छन् । यसले पनि गगन आगामी दिनमा थप शक्तिशाली हुने सम्भावना धेरै छ ।

अर्कातिर भातृ सङ्गठनमा पनि गगनकै शक्ति र प्रभाव छ । कांग्रेसको विरासत धान्ने योजनामा रहेका गगन यतिबेला कुनै पनि सोचमा हार्ने पक्षमा छैनन् । अर्को पाँच वर्ष होइन, उनी यसै बेला प्रधानमन्त्री बनिछाड्ने दबाबमा छन् । रवि लामिछानेको पार्टीको लहर आएका बेला गगनले बनाएका योजना तत्कालै पूरा गर्न नसके उनीप्रति पनि वितृष्णा जाग्ने पक्का छ ।

कांग्रेसभित्र अन्तर्घात गर्ने गगनलाई कारबाही गर्न जति नै उजुरी पुगेपनि महामन्त्री भइसकेका गगनलाई कारबाही गर्न देउवालाई सहज छैन । यदि सहज अवस्थामा थप कडा कदम नचाले उनलाई नै क्षति गर्ने सम्भावना पनि छ । यसकारण कारबाहीको डण्डा गगनमाथि बजाउन देउवाले धेरै कुरा सोच्नुपर्ने हुन्छ ।

यस्तो अवस्थामा गगनमाथि जसरी कांग्रेसभित्र गम्भीर आरोप लागेको छ, त्यो उनैका लागि ‘प्लस पोइन्ट’ हो । किनकी यसले केही दिन गगनलाई चर्चामा राख्नेछन् भने त्यो भन्दा बढी धेरै कांग्रेस नेता कार्यकर्तालाई तर्साएको छ । यो तर्साइले गगनकै शक्ति बढ्ने अनुमान गर्न सकिन्छ ।

गगनको पनि नेता मानिएका शेखर कोइरालाले यदि प्रधानमन्त्रीमा गगनलाई समर्थन गर्ने हो भने कांग्रेसभित्रको अङ्कगणित फेरिने पक्का छ । यदि तत्कालै नफेरिएमा भोलिका दिनमा रवि लामिछानेको साथ, सहयोग र समर्थनमा फेरि गगन नै देशको नेतृत्व गर्ने पदमा पुग्न सक्नेछन् ।

यो पनि पढ्नुहोस्ः

कांग्रेसको अन्तर्घातमा गगनमाथि सोझियो औँला

प्रकाशित मिति : ११ मंसिर २०७९, आइतबार  २ : ५४ बजे

चाडपर्वमा सर्वसाधरणको सुरक्षाका लागि चार हजार बढी प्रहरी परिचालित

काठमाडौं – जिल्ला प्रहरी परिसर काठमाडौँले यस वर्षको दसैँ, तिहारलगायत

ट्रम्प प्रशासनले एच–१ बी भिसाका लागि एक लाख डलर शुल्क उठाउने, भारतद्वारा चासो व्यक्त

नयाँदिल्ली – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कुशल कामदार भिसा ९एच–१

पेन्टागनद्वारा मिडियामाथि नयाँ ‘प्रतिबन्ध’को घोषणा

वासिङ्टन – अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले अमेरिकी सेनाको समाचार सम्प्रेषण

चाडपर्वको बहानामा यात्रुबाट बढी भाडा नलिन प्रशासनको निर्देशन

खोटाङ – जिल्ला प्रशासन कार्यालय खोटाङले चाडपर्वको बहानामा यात्रुबाट बढी

जनस्वराज पार्टी घोषणा

काठमाडौं – न्यायपूर्ण, समृद्ध र आत्मनिर्भर राष्ट्र निर्माणको उद्देश्यसहित इन्जिनियर