कांग्रेसको अन्तर्घातमा गगनमाथि सोझियो औँला « Khabarhub

गठबन्धनभित्रको गोप्य ‘गसीप’

कांग्रेसको अन्तर्घातमा गगनमाथि सोझियो औँला

सागर ढकालसँग ‘कनेक्सन’ : बालुवाटार, प्रचण्ड र माधव नेपाल पनि ‘फायर’


९ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : महामन्त्री गगन थापाको व्यक्तिगत ‘एग्रेसिभ’ रणनीतिले कांग्रेसभित्र नै अन्तर्घात भएको छ । गगनको व्यक्तिगत तर ‘एग्रेसिभ सर्कूलर’ले गर्दा रवि लामिछानेको पार्टी उदाएको र कांग्रेस लगायत सत्ता गठबन्धनका उम्मेद्वार पराजित भएपछि आन्तरिक अन्तर्घात भएको स्वर चर्किएको हो ।

गगनकै कारण कांग्रेस पहिलो पार्टी बन्नेमा शंका थपिएको छ भने सत्ता गठबन्धनभित्रै गम्भीर अन्तर्घात भएको आशंमा बल पुगेको छ । गगनकै कारण काठमाडौँ उपत्यकामा सत्ता गठबन्धनका अधिकांश उम्मेद्वार पराजित भएका छन् । काठमाडौँ २ बाट ओनसरी घर्ती, ललितपुर ३ बाट पम्फा भुसाल र काठमाडौँ ८ बाट जीवनराम श्रेष्ठ पराजित भए ।

यसका पछाडि गगन थापाको हात रहेको चर्चा कांग्रेसवृत्तमा छ । गगनकै कारण चितवनमा दुवै निर्वाचन क्षेत्रमा कांग्रेस उम्मेद्वार पराजित भएर स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र हरि ढकाल विजयी भएको दाबी कांग्रेस नेताहरुले गरेका छन् ।

प्रधानमन्त्री बनिछाड्ने महत्वाकांक्षाले देउवालाई कमजोर बनाउन कतिपय कांग्रेस र सत्ता गठबन्धनका उम्मेद्वारलाई पराजित गर्न स्वतन्त्र पार्टी उम्मेद्वारलाई जिताउन गुटमा गगनले गोप्य ‘सर्कूलर’ गरेको दाबी कांग्रेस नेताहरुले गरेका छन् ।

यस्तै सुनसरी र कास्कीमा पनि कांग्रेस तथा सत्ता गठबन्धनका उम्मेद्वार हार्नुमा गगन जिम्मेवार भएको सत्ता गठबन्धनका नेताहरुले आरोप लगाएका छन् । माओवादी नेता तथा वाइसीएलका पूर्वअध्यक्ष रामप्रसाद सापकोटा ‘दीपशिखा’ले नै सत्ता गठबन्धन हार्नुमा गगनले ‘भित्रभित्रै गोप्य भूमिका’ खेलेका आरोप लगाएका हुन् ।

यस्तै गगन थापाको ‘कनेक्सन’ डडेल्धुराबाट उठेका स्वतन्त्र उम्मेद्वार सागर ढकालसँग रहेको पनि दाबी गरिएको छ । कांग्रेसमा शेखर गुटका कार्यकर्तालाई परिचालन गरेर सागरको पक्षमा ठूलो मत हाल्न लगाई देउवालाई झस्काउने तथा कमजोर बनाउने काममा गगन सक्रिय रहेको ‘बालुवाटार’को बुझाई छ ।

युवा र स्वतन्त्रको लहर भन्दै आफ्नो पक्षमा माहोल बनाउन गगनले यी सबै तानाबाना बुनेको भन्दै कांग्रेसकै शीर्ष नेताहरु लोकप्रिय महामन्त्रीबाट असन्तुष्ट बनेका छन् । गगनको यस किसीमको गोप्य रणनीतिले गर्दा नेता शेखर कोइराला पनि असन्तुष्ट छन् । उनले गगनसँग भेटेरै यसबारे छलफल गर्ने योजना बनाएको पनि स्रोतले जनाएको छ ।

चुनावअघि शेखरले देउवालाई बालुवाटारमै भेटेर चुनावपछि पनि साथ दिने घोषणा गरेका थिए । चुनावपछिको प्रधानमन्त्री देउवा हुने भन्दै शेखरले अगाडि नै समर्थन गरेका थिए । तर देउवा र शेखरलाई ठूलो धक्का दिन गगन सक्रिय भएपछि दुवै नेता असन्तुष्ट बनेका छन् ।

यस्तै सत्ता गठबन्धनको लोकप्रिय नेता भएपनि गठबन्धनविरुद्ध ‘चुनावी अभियान’ चलाएपछि बालुवाटार, प्रचण्ड र माधव नेपाल गगनसँग ‘फायर’ भएका छन् ।

‘यो चुनावमा हामीले सोचेजस्तो नतिजा आएन । तर जित्ने ठाउँमा पनि कांग्रेसकै उम्मेद्वार हराउने, माओवादी र समाजवादीकै उम्मेद्वार हराउने कामलाई त्यसै छाड्न सकिदैन’ गगनलाई लक्षित गर्दै कांग्रेसका एक उच्च नेताले खबरहबसँग भने, ‘यसबारेमा पार्टीभित्र र सत्ता गठबन्धनमा पनि गम्भीर समीक्षा हुन्छ । जो जसबाट यो किसीमको षडयन्त्र भएको छ, त्यसको छानबिन गरेर कारबाही प्रक्रिया पनि अगाडि बढाउनुपर्ने हुन सक्छ ।’

युवा र स्वतन्त्रको नाममा कांग्रेसकै उम्मेद्वार हराउने गगन प्रवृत्ति नयाँ सरकार बनाउन ठूलो चुनौति थपिएको सत्ता गठबन्धनका शीर्ष नेताहरुको बुझाई छ ।

प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार  ५ : ३४ बजे

एकता जोगाउन विशेष पक्षका ७ शर्त, टिकटमा देउवाको हस्ताक्षर हुन नहुनेदेखि चुनावमा गठबन्धन नगर्नेसम्म

काठमाडौँ- नेपाली कांग्रेसलाई फुटबाट जोगाउन भन्दै संस्थापन समूह र विशेष

झापाका रास्वपा नेतासँग तीन घण्टा बिताएका बालेनले ओलीको क्षेत्रमा गरिरहेका छन् जनमत सर्भेक्षण

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले झापा क्षेत्र नम्बर

नयाँ नेतृत्वको चयन गर्ने तयारीमा हमास

गाजा – गाजामा युद्धको क्रममा इजरायलले समूहका धेरै शीर्ष नेताहरूको

रुपन्देही–२ बाट चुनाव लड्ने तयारीमा युवा व्यावसायी सुदन ज्ञवाली

काठमाडौं – युवा व्यावसायी तथा राजनैतिक अभियन्ता सुदन ज्ञवालीले आगामी

वार्ताका लागि कांग्रेसले बनायो समिति : विशेष पक्षबाट ४, संस्थापनबाट २ नेता सदस्य

काठमाडौँ – नेपाली कांग्रेसको जारी असहमति अन्त्यका लागि पार्टी संस्थापन