विश्वकप फुटबलमा जापान कोस्टा रिकासँग पराजित | Khabarhub Khabarhub

विश्वकप फुटबलमा जापान कोस्टा रिकासँग पराजित


११ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


435
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कतारमा जारी विश्वकप फुटबलमा एसियाली राष्ट्र जापान कोस्टा रिकासँग पराजित भएको छ । ल्याटिन अमेरिकी राष्ट्र कोस्टा रिकाले जापानलाई १–० गोलअन्तरले पराजित गरेको हो ।

कतारको अहमद इब्न अली स्टेडियममा भएको खेलमा कोस्टा रिकाका लागि कैसर फुल्लरले ८१ औँ मिनेटमा गोल गरे ।

यससँगै समूह ‘ई’ मा कोस्टा रिकाले महत्वपूर्ण ३ अंक जोडेको छ । यस समूहमा ३ अंकका साथ स्पेन गोल अन्तरका आधारमा शीर्ष स्थानमा रहेको छ । समान ३ अंक रहेका जापान र कोस्टा रिका गोल अन्तरका आधारमा क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् ।

यस समूहको यसअघिको खेलमा जापानले जर्मनीलाई २–१ गोल अन्तरले पराजित गरेको थियो । त्यसैगरी कोस्टा रिका स्पेनसँग ७–० गोलअन्तरले पराजित भएको थियो ।

प्रकाशित मिति : ११ मंसिर २०७९, आइतबार  ५ : ४९ बजे

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

ट्रम्पलाई अचम्ममा पार्ने लाइबेरियाको विगत

लाइबेरिया खेलकुद जगतमा पहिलो पटक चर्चामा सन् १९९५ मा आएको

बर्सातका कारण सुनसान बने ‘होमस्टे’

बागलुङ– बागलुङमा सबैभन्दा बढी चर्चित छ भकुण्डेको अतिथि सत्कार घरबास

एयर इन्डिया विमान दुर्घटना: एक पाइलटले सोधेका थिए- के तिमीले इन्जिन बन्द गर्‍याै ?

नयाँ दिल्ली – १२ जुनमा एअर इन्डियाको जहाज भारतक अहमदाबादबा