अमेरिकासँगको समस्या वार्ताको माध्यमबाट समाधान हुँदैन : इरानका सर्वोच्च नेता खामेनी | Khabarhub Khabarhub

अमेरिकासँगको समस्या वार्ताको माध्यमबाट समाधान हुँदैन : इरानका सर्वोच्च नेता खामेनी


११ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीले अमेरिकासँगको समस्या तत्काल वार्ताको माध्यमबाट समाधान नहुने बताएका छन् ।

इरानको बासिज स्वयंसेवक बलका सदस्यलाई सम्बोधन गर्दै खामेनीले भने, “अमेरिकाले विश्व शक्तिराष्ट्रसहित इरानसँग गरेका प्रतिबद्धता त्यागेको छ । यस अवस्थामा वासिङ्टनसँग वार्ता निरर्थक छ भन्ने बुझ्न सकिन्छ ।”

सन् २०१८ मा ‘बृहत् संयुक्त कार्ययोजनाको’ नामले चिनिने आणविक सम्झौताबाट औपचारिक रूपमा बाहिरिएको अमेरिकाले इरानमाथि पुनःप्रतिबन्ध लगाएपछि इरानले सम्झौता अन्तर्गतका आफ्ना केही आणविक प्रतिबद्धता कटौती गरेको थियो ।

अप्रिल २०२१ मा सम्झौताको पुनःउत्थानको लागि भियनामा वार्ता शुरु भएपनि यसले अगष्टको सुरुसम्म खासै प्रगति गर्न सकेको थिएन । उक्त वार्तालाई अगस्टमा सार्थक रूप दिन छलफल भएपनि अमेरिका र इरान आ–आफ्ना अडानबाट पछि नहटेपछि पछिल्लो चरणको वार्तामा पनि कुनै उपलब्धि हासिल हुन सकेको छैन ।

अमेरिकाले पहिले इरानलाई २० प्रतिशत युरेनियम सम्वर्द्धन रोक्न, त्यसपछि ५ प्रतिशत युरेनियम सम्वर्द्धन रोक्न आग्रह गरेको खामेनीले बताए । यसपछि इरानले आफ्नो सम्पूर्ण आणविक उद्योग बन्द गरोस् भन्ने अमेरिकाले चाहेको तर यो असम्भव भएको खामेनीले दाबी गरे ।

खामेनीले भने, “एकपक्षीयरूपमा अमेरिकालाई फाइदा हुनेगरी इरानले वार्ता गर्न सम्भव छैन । यस प्रकारको वार्ताबाट निष्कर्ष निस्कँदैन ।”

प्रकाशित मिति : ११ मंसिर २०७९, आइतबार  ६ : ०५ बजे

अमेरिका र अष्ट्रेलियाबीच दुर्लभ खनिज तथा धातु खरिदका लागि सम्झौता

वाशिङ्टन- अमेरिका र अष्ट्रेलियाले दुर्लभ धातु र महत्त्वपूर्ण खनिजहरूको आपूर्ति

नवलपुरमा बढे स्क्रब टाइफसका बिरामी

नवलपुर– मनसुन निष्क्रिय भएसँगै जिल्लामा स्क्रब टाइफसका बिरामी बढेका छन्

सरकारले तोकेको धानको मूल्य व्यापारीले कार्यान्वयन नगरे कारवाही गरिने

कैलाली– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सरकारले तोकेको धानको समर्थन

बलिउडका वरिष्ठ हास्य कलाकार गोवर्धन असरानीको निधन

काठमाडौं– बलिउडका वरिष्ठ अभिनेता तथा हास्य कलाकार गोवर्धन असरानीको ८४

एमालेबाट शंकर र प्रदीप जाने, कांग्रेसले शान्ति सुरक्षाको मुद्दा उठाउने

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले भदौ २७ गते बनेयता पहिलो पटक