अमेरिकासँगको समस्या वार्ताको माध्यमबाट समाधान हुँदैन : इरानका सर्वोच्च नेता खामेनी « Khabarhub

अमेरिकासँगको समस्या वार्ताको माध्यमबाट समाधान हुँदैन : इरानका सर्वोच्च नेता खामेनी


११ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीले अमेरिकासँगको समस्या तत्काल वार्ताको माध्यमबाट समाधान नहुने बताएका छन् ।

इरानको बासिज स्वयंसेवक बलका सदस्यलाई सम्बोधन गर्दै खामेनीले भने, “अमेरिकाले विश्व शक्तिराष्ट्रसहित इरानसँग गरेका प्रतिबद्धता त्यागेको छ । यस अवस्थामा वासिङ्टनसँग वार्ता निरर्थक छ भन्ने बुझ्न सकिन्छ ।”

सन् २०१८ मा ‘बृहत् संयुक्त कार्ययोजनाको’ नामले चिनिने आणविक सम्झौताबाट औपचारिक रूपमा बाहिरिएको अमेरिकाले इरानमाथि पुनःप्रतिबन्ध लगाएपछि इरानले सम्झौता अन्तर्गतका आफ्ना केही आणविक प्रतिबद्धता कटौती गरेको थियो ।

अप्रिल २०२१ मा सम्झौताको पुनःउत्थानको लागि भियनामा वार्ता शुरु भएपनि यसले अगष्टको सुरुसम्म खासै प्रगति गर्न सकेको थिएन । उक्त वार्तालाई अगस्टमा सार्थक रूप दिन छलफल भएपनि अमेरिका र इरान आ–आफ्ना अडानबाट पछि नहटेपछि पछिल्लो चरणको वार्तामा पनि कुनै उपलब्धि हासिल हुन सकेको छैन ।

अमेरिकाले पहिले इरानलाई २० प्रतिशत युरेनियम सम्वर्द्धन रोक्न, त्यसपछि ५ प्रतिशत युरेनियम सम्वर्द्धन रोक्न आग्रह गरेको खामेनीले बताए । यसपछि इरानले आफ्नो सम्पूर्ण आणविक उद्योग बन्द गरोस् भन्ने अमेरिकाले चाहेको तर यो असम्भव भएको खामेनीले दाबी गरे ।

खामेनीले भने, “एकपक्षीयरूपमा अमेरिकालाई फाइदा हुनेगरी इरानले वार्ता गर्न सम्भव छैन । यस प्रकारको वार्ताबाट निष्कर्ष निस्कँदैन ।”

प्रकाशित मिति : ११ मंसिर २०७९, आइतबार  ६ : ०५ बजे

राष्ट्रिय परिचयपत्र आफैँले डाउलोड गर्न सकिने

काठमाडौं – सरकारले राष्ट्रिय परिचयपत्र सम्बन्धित व्यक्तिले नै डाउलोड गर्न

दक्षिण अफ्रिकाविरुद्ध चेक गणतन्त्रलाई छैटौं मिनेटमै अग्रता

काठमाडौं – फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘ए’ को खेलमा चेक

वैदेशिक रोजगार व्यवसायीलाई श्रमिकको नियमित अनुगमन गर्न निर्देशन

काठमाडौं – वैदेशिक रोजगार विभागले विदेशमा कार्यरत नेपाली श्रमिकहरूको अवस्था

रास्वपा महाधिवेशन : मुख्य दल सबैलाई निमन्त्रणा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पहिलोपटक महाधिवेशन गर्दैछ ।

रुपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा सात चिनियाँ नागरिक पक्राउ

भैरहवा – रुपन्देहीको बुटवल उपमहानगरपालिका–१२ बाट अवैध रूपमा क्रिप्टोकरेन्सी कारोबार