कर्णाली प्रदेशसभामा २० जना नयाँ अनुहार « Khabarhub

कर्णाली प्रदेशसभामा २० जना नयाँ अनुहार


११ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – कर्णाली प्रदेशसभामा चार जना पुराना प्रदेशसभा सदस्यले जितेका छन् । २४ सिट रहेको प्रदेशसभामा सुर्खेत, डोल्पा र हुम्लाबाट पुराना चार जना प्रदेशसभा सदस्य दोहोरिएका छन् ।

दोहोरिनेमा सुर्खेत क्षेत्र नम्बर २ (ख( बाट नेकपा माओवादी केन्द्रका विन्दमान विष्ट, सुर्खेत क्षेत्र नम्बर २ (क)बाट नेकपा एमालेका यामलाल कँडेल र हुम्ला (ख) बाट कांग्रेसका जीवनबहादुर शाही र डोल्पा प्रदेश (क) बाट वीरबहादुर शाही निर्वाचित भएका छन् ।

नयाँ अनुहारमा दैलेख क्षेत्र नम्बर १ (क) बाट कांग्रेसका पूर्णबहादुर खत्री र (ख) बाट कृष्ण बीसी विजयी भएका छन् । सल्यान प्रदेश सभा (क) बाट माओवादीका भीमप्रकाश शर्मा विजयी भएका छन् । प्रदेशसभा (ख) मा कांग्रेसका सुरेश अधिकारी रुकुमपश्चिम प्रदेश सभा (क) मा माओवादीका महेन्द्र केसी (ख) मा राजकुमार शर्मा विजयी भएका छन् ।

सुर्खेत क्षेत्र नम्बर १ (क) बाट नेपाली कांग्रेसका जिल्ला सभापति खड्ग पोखरेल, क्षेत्र नम्बर १ (ख) मा माओवादी केन्द्र कर्णाली प्रदेशका उपाध्यक्ष कृष्ण जीसी, दैलेख क्षेत्र नम्वर २ को (क)बाट घनश्याम भण्डारी, दैलेख २ (ख) मा एमाले कर्णालीका अध्यक्ष विनोदकुमार शाह, जाजरकोट प्रदेश सभा (क) मा कांग्रेसका वेदराज सिंह, प्रदेश (ख) मा कांग्रेसका राजीवविक्रम शाह निर्वाचित भएका छन् ।

कालिकोट प्रदेश सभा (क) बाट माओवादीका दुर्गबहादुर रावत , प्रदेश सभा (ख) मा कांग्रेसका हिक्मतबहादुर विष्ट , डोल्पा प्रदेश सभा (क) मा एमालेका शेरबहादुर बुढा , हुम्ला प्रदेश सभा (क) बाट माओवादीका रणसिंह परियार, मुगु (क) मा एमालेका जितबहादुर मल्ल, मुगु (ख) मा माओवादीका मङ्गलबहादुर शाही, जुम्ला प्रदेश सभा (क) मा कांग्रेसबाट बागी उम्मेदवार देवेन्द्रबहादुर शाही, जुम्ला प्रदेशसभा (ख) मा एमालेका टेकराज पछाई पनि नयाँ अनुहार रहेका छन् ।

प्रकाशित मिति : ११ मंसिर २०७९, आइतबार  ९ : २० बजे

त्रिशूली थ्री ‘ए’ बाट फर्किए रास्वपा सांसदद्वय, जाँदा हेलिकप्टर, आउँदा स्थलमार्ग 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सागर ढकाल र

विपत्ति र चुनौतीले धैर्य र कर्मको परीक्षा लिन्छ : प्रधानमन्त्री शाह

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले श्रीकृष्ण जन्माष्टमीको अवसरमा देशवासीमा शुभकामना व्यक्त गरेका

बाढीपीडितका लागि सीएफआरडीले ल्यायो २७ टन राहत सामग्री

काठमाडौं– रसुवाको भोटेकोसीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावितहरूका

काठमाडौँ जोड्ने कुन सडकको अवस्था के छ ?

काठमाडौँ – अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण देशका

अब पुनरुत्थानमा नमुना काम गर्नुपर्छ : मन्त्री रावल

 त्रिशूली– भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा