उदयपुरमा एमालेसहितका नाै दलले गरे पुन: मतदानको माग « Khabarhub

उदयपुरमा एमालेसहितका नाै दलले गरे पुन: मतदानको माग


११ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


285
Shares
  • change font
  • change font
  • change font

उदयपुर – उदयपुरको प्रतिनिधि सभा निर्वाचन क्षेत्र १ मा धाँधली भएको भन्दै नेकपा एमाले लगायत ९ दलले पुन मतदान गर्न माग गरेको छ । प्रदेश सभाको मतपत्र प्रतिनिधि सभाको मतपेटिका भेटिएपछि त्यहाँ विवाद सिर्जना भएको थियो ।

प्रदेशको प्रत्यक्ष तर्फको १ सय मतपत्र प्रतिनिधि सभा तर्फको मतपेटिकामा फेला परेपछि धाँधली भएको भन्दै एमाले लगायत ९ दलले पुन मतदानको माग गरेको हो । असन्तुष्टी पक्ष लगायतको बैठक बसी नागरिकहरुको निष्पक्ष मतदान गर्ने अधिकार हनन् भएको भन्दै पुन मतदानको माग राखेको जनाएको छ ।

प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ तथा प्रदेश सभा निर्वाचन क्षेत्र १ (१) र १ (२) मा खसेको मत भन्दा बढी मत भेटिएको भन्दै निर्वाचन अधिकृतको हस्ताक्षर र मतपत्रमा छाप लगाएको एक मुष्ठ १ सय मतपत्र मतगणना गर्दा फेला परेको हुँदा धाँद्यली भएको आरोप लगाएका छन ।

एमाले नेता तथा प्रदेश सभा सदस्य उम्मेदवार समेत रहेका ईश्वरमणी राउतले मतदानको क्रममा जुन ठाउँमा धाँद्यली भएको हो त्यस ठाउँमा निष्पक्ष मतदान हुनुपर्ने माग गरेका छन् । प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन क्षेत्र १(१) र १(२) को सबै प्रक्रिया रद्ध गरी पुन मतदानको प्रक्रिया अगाडी बढाउनु पर्ने माग राखेका छन् । यता गठबन्धनले भने फेला परेको मतपत्र रद्ध गरी सोही स्थगित मत गणना जारी राख्नु पर्नेमा जोड दिएको छ ।

प्रतिनिधि सभा निर्वाचन क्षेत्र १ को मतगणता भइरहेको समयमा आइतबार बिहान प्रदेश सभाको मतपत्र प्रतिनिधि सभाको मतपेटिका भेटिएपछि बिवाद हुँदा मत गणना स्थगित भएको थियो । साता दिनदेखि जारी मतगगणना प्रतिनिधि सभाको मतपेटिकामा प्रदेश सभाको मतपत्र भेटिएपछि विवाद भएको हो । आइतबार खोलिएका १० वटा प्रतिनिधि सभाको मतपेटिकामा १ सय हाराहारी मत पत्र प्रदेश सभाको भेटिएको थियो । गणना स्थगित पछि पटक पटक सर्बदलीय बैठक मार्फत समाधान खोज्ने प्रयास भएता पनि निश्कर्ष निस्किएको छैनन ।

प्रकाशित मिति : ११ मंसिर २०७९, आइतबार  ९ : ४६ बजे

राष्ट्रहितको रक्षा गर्न क्रान्तिकारी शक्ति एक हुन आवश्यक : माधव नेपाल

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले राष्ट्रहितको

‘विश्व शक्ति चीन र भारततिर सर्दै गर्दा नेपालमा भू–राजनीतिक तानातानी बढ्यो’

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुनले नेपाल

रास्वपा केन्द्रीय समिति बैठकमा विधानमाथि छलफल जारी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कमिटी बैठक चितवनको भरतपुरमा बसिरहेको

रास्वपा महाधिवेशनमा गुटगत प्यानल बनाउन निषेध

काठमाडौं- आइतबारदेखि सुरु हुने राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा गुटगत

चुरे बस्तीमा बाघ आतंक

महोत्तरी– महोत्तरीको चुरेकाछका बस्तीमा बाघको आतंक बढेको छ । जिल्लाको