सवारी दुर्घटना परी भक्तपुर एक जनाकाे मृत्यु « Khabarhub

सवारी दुर्घटना परी भक्तपुर एक जनाकाे मृत्यु


११ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – मध्यपुरथिमि नगरपालिकाका–६ मिलरोड उकालोमा सवारी दुर्घटनामा परी एकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

चाँगुनारायण नगरपालिका-१ दुवाकोटबाट पुरानोथिमि जाँदै गरेको प्रदेश ३-०१-०२३ च ४२९३ भ्यान र बा १ प ९५०८ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक गम्भीर घाइते भएका छन् ।

दुर्घटनामा मोटरसाइकल चालक भक्तपुर नगरपालिका-१ का २८ वर्षे सिजन फसिकवाको मृत्यु भएको प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए ।

दुर्घटनामा गम्भीर घाइते हुनुभएका मोटरसाइकलमा पछाडि सवार भक्तपुर नगरपालिका – ७ गोल्माढीका ३२ वर्षे सुनिल ग्वाछाको मध्यपुर अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए । प्रहरीले गाडी चालक सिन्धुली घर भई भक्तपुर दुवाकोट बस्ने २७ वर्षीय दाताराम पहाडीलाई पक्राउ गरेको छ ।

प्रकाशित मिति : ११ मंसिर २०७९, आइतबार  ९ : ५६ बजे

आज हरितालिका तीज : व्रत कसरी बस्ने ?

काठमाडाैँ – भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज

कृष्णभीर पहिरो: नयाँ ट्याकबाट ५० सवारी पास, सोमबारदेखि ग्राभेलिङ हुने

काठमाडौँ – पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरो खसेर सडक पूर्ण रूपमा

भोटेकोशी बाढीः चार हजार ८९ अझै बेपत्ता

काठमाडौँ – भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार

महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन कांग्रेसको आह्वान

ललितपुर – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ महाधिवेशनमा

एसिसी प्रिमियर कपको उपाधिसहित नेपाली टोली स्वदेश फिर्ता

काठमाडौँ – ‘एसिसी प्रिमियर कप २०२६’को उपाधि विजेता नेपाली राष्ट्रिय