अहिले टाउको दुखाइ धेरैको समस्याको रूपमा देखिएको छ । यो सबै उमेरका व्यक्तिलाई हुन सक्छ । तर दुखाइ भने मान्छेपिच्छे फरक हुन्छ । कसैलाई चर्को र कसैलाई हल्का गरी दुखेको हुन्छ । दुखाइको मापन भने गर्न सकिँदैन । कोही एक व्यक्तिलाई हल्का दुखाइ भएको त्यही दुखाइ अर्कालाई चर्को हुन सक्छ । दुखाइको कुरा मान्छेको मानसिक स्थिति र उसको स्वास्थ्य अवस्थामा भर पर्छ । तर टाउको दुखाइ आफैँमा रोग होइन । यो अरू रोग र शरीरको अवस्थाका कारणले हुने समस्या हुने चिकित्सकले बताएका छन् । टाउको दुख्दैमा चिकित्सकलाई देखाउनु पर्ने हो वा कस्तो अवस्थामा अस्पताल जानै पर्छ ? यसै विषयमा आधारित रहेर ओम अस्पतालमा कार्यरत वरिष्ठ न्युरो सर्जन डा. चन्द्रमान प्रजापतिसँग विना न्यौपानेले गरेको कुराकानीको सम्पादित अंश:
अहिले धेरै मानिसहरूमा टाउको दुख्ने समस्या बढेको छ, हामीले कस्तो अवस्थामा चाहिँ न्युरो सर्जनसँग भेट्ने ? न्युरो सर्जन भन्नासाथ हामीले टाउकाको अप्रेसन गर्ने डाक्टर भन्ने बुझ्छौँ । टाउकोमा अपरेसन गर्नुपर्ने अवस्था नै आयो भने चाहिँ भेट्न पर्ने हुन्छ । न्युरो सर्किजल रोगहरू जुन प्राण घातक पनि हुन सक्छन् त्यस्तो बेला न्युरो सर्जनलाई भेट्न सक्छौँ ।
कस्तो कस्तो अवस्था प्राणघातक हुन्छ ? पहिलो त टाउकोबाट रगत बग्दा प्राणघातक हुन्छ । जस्तो चोट पटक लाग्दा टाउकोमा रगत बग्छ । उच्च रक्तचाप भएको बिरामीलाई प्रेसर राम्रो कन्ट्रोल नहुँदा अचानक नै टाउको भित्रको रगत नलीहरू फुटेर रगत बग्न सक्छ यसलाई हेमोरेजिक स्ट्रोक भनिन्छ । यस्तै अरू पनि लक्षण पनि हुन्छन् । जस्तो प्यारालाइसिस, बोल्न नसक्ने, कहिलेकाहीँ अचेत भएर काम्ने हुन्छ यी सबै पहिला टाउको दुखाई बाट नै सुरु हुन्छ ।
दोस्रो, एन्युरीजमस टाउकामा जाने नलीहरू ४ वटा हुन्छन् । त्यसबाट हाँगाहरू निस्किँदै जान्छन् र यो हाँगा निस्किने ठाउँमा रक्तनलीको भित्ता कसैको बलियो हुँदैन । त्यसैले रगतको वेग यसले थाम्न सक्दैन । कहिलेकाहीँ बेलुन फुलेको जस्तो फुल्दै आउँछन् र फुट्छन् फुटेपछि टाउकोमा रगत बग्छ । यस्तो अवस्थामा १०० जनामा १० देखि २० जनाको हस्पिटल नै नपुगी बाटोमै प्राण जान्छ । यसको सुरुको लक्षण जिन्दगीमा कहिल्यै नदुखे जस्तो एक्कासि टाउको दुख्छ ।
कति धेरै दुखाई भएर बेहोस हुन्छन् कतिपय हिँड्दा हिँड्दै बेहोस हुन्छन् किन ? बेहोस हुनु भनेको चेतना नहुनु हो चेतना को फङसन दिमाग बाट नै हुन्छ । ब्रेनमा एउटा ठाउँ हुन्छ, जसलाई ब्रेन्सटिम ( दचबष्लकतझ) भनिन्छ ।यसले होसमा राख्ने काम गर्दछ । यसमा तरंङगहरुको प्रवाह हुन्छ । त्यो टुट्यो भने त्यस्तो बेला होस जान्छ ।
त्यो टुट्ने किन हुन्छ ? अचानक टाउकोमा कसैले हान्यो भने गिदी हल्लिन्छ त्यस्तो बेला अध्यारो देख्ने हुन्छ । त्यस बेला ब्रेन्सटिममा रक्त प्रवाह अचानक बन्द भयो भने टुट्छ ।
कस्तो व्यक्तिमा यो समस्या धेरै हुन्छ ? टाउको दुख्ने कारणहरू सर्किजल र नन सर्किजल गरी २ प्रकारका हुन्छन् । आँखाको कारणले टाउको दुख्छ, पिनासले गर्दा टाउको दुख्छ जोर्नीहरूको दुखाई बाट पनि टाउको दुख्छ, यी नन सर्किजल हुन् । सर्जिकलमा टाउको भित्र ट्युमर साधारण भयो भने काटेर फाल्नु पर्दछ । ट्युमर गिद्माी भएपछि टाउकामा जाने रगत नलीहरू र स्नायुहरू तन्किन थाल्दा टाउको धेरै दुख्छ ।
टाउकोमा भएको ट्युमर काटेर फाल्दा कतिको जोखिम हुन्छ ? टाउकोमा गर्ने अप्रेसनहरू साधारण देखि लिएर जटिल खालका हुन्छन् । जुन सुकै अप्रेसन गर्दा पनि १० देखि १५ प्रतिशत रिस्क हुन्छ ।त्यसैले यो अप्रेसनमा पनि रिस्क हुन्छ । अप्रेसन गर्दा छाला चिरेपछि हड्डीमा पुग्छौँ त्यसलाई काटेपछि गिदिलाई छोप्ने कबज हुन्छ त्यसलाई पनि चिर्न पर्दछ र ट्युमर कहाँ छ त्यसलाई कट्ने क्रममा हरेक ठाउँमा रक्तनलिहरु हुन्छन् तिनमा चोट लाग्दा रगत बग्न सक्छ र तिनमा कन्ट्रोल भएन भने अप्रेसन पश्चात् पनि रगत बग्न सक्छ । चिरे पछि त्यस ठाउँमा ब्याक्टेरियाहरू प्रवेश गर्न सक्ने सम्भावना हुन्छ, त्यसबाट घाउ पाक्ने र अन्य समस्या आउन सक्छन् । गिदीको अप्रेसन गर्दा त्यो ठाउँ अलि अलि ड्यामेज हुन्छ । त्यसो हुँदा कहिले काहि छारे रोग जस्तो पनि पार्दिन सक्छ । यी साधारण रिस्क भए । अरू, कत्तिको ब्रेन ड्यामेज भइसकेको छ । त्यो अनुसार प्यारालाइसिसदेखि लिएर बेहोस हुने हुन्छन् । यो सबै जनामा हुँदैन १० देखि १५ जनामा मात्र हुन्छ ।
एक पटक ट्युमर काटेर फालेपछि त्यो ठाउँमा पछि अप्रेसन गर्नु पर्छ कि पर्दैन ? ट्युमर भनेको तन्तुहरूको कोशिका बढ्ने सेल हो । एउटा सेलबाट अर्को बन्ने प्रक्रिया हो । यो ठाउँ ठाउँमा भएर शरीरमा अनियन्त्रित रूपले धेरै सेल विभाजन हुन थाल्यो भने यसले एक प्रकारको ट्युमर जस्तो बनाउँछ । यसलाई कन्ट्रोल गर्ने मेकानिजमहरु हुन्छन्, ट्युमर जिनहरूबाट कन्ट्रोल हुन्छ । त्यो मेकानिजम नै फेल खायो भने अनियन्त्रित रूपले सेल विभाजन हुँदा ट्युमरको डल्लो हुन्छ । यो दुई प्रकारको हुन्छ एउटा काटेर फाले पछि फर्किँदैन, र शरीरको अन्य ठाउँमा पनि सर्दैन यसलाई साधारण ट्युमर भनिन्छ । अर्को काटेर फाले पछि पनि छेउ बाट पलाउने वा शरीरको अन्य ठाउँमा सर्ने त्यसलाई घातक वा क्यान्सर हो ।
उपचार पश्चात् के के कुरामा ध्यान दिने ? पहिला रोगको पहिचान गर्ने, त्यसको लागि साधारण परीक्षणले हुँदैन धेरै परीक्षण गर्नु पर्दछ तर अप्रेसन पश्चात् पहिलाको जस्तो हुनुपर्दछ । बाच्नै पर्दछ भन्ने मान्यता छ । तर टाउकाको सवालमा कहिले काहीँ यी कुराहरू लागु हुँदैन ।
कुन उमेर समूहको मानिसहरु बढी समस्या लिएर आउनुहुन्छ ? भर्खरै जन्मेका व्यक्तिहरू देखि लिएर सबै उमेर समूहका मानिसहरुको हेर्नु पर्दछ । आमाको पेटमा हुँदा देखि अप्रेसन गरेर निको पार्ने तरिकाहरू छन् । धेरै उमेर भए पछि टाउकोमा बिल्डिङ देखि लिएर पानी जम्ने सम्मका समस्या हेर्नु पर्दछ । सबै उमेरमा यो समस्या हुन्छ ।
टाउकोमा यो समस्या नदेखियोस् भन्नका लागि के-के मा ध्यान दिने ? वंशाणुगत रूपबाट पनि हुन सक्छ कन्ट्रोल गरेर गर्न सकिँदैन भन्ने त हुँदैन तर वातावरणीय प्रभावबाट हुने जस्तो, रेडिएसनले ट्युमर हुन सक्छ । टाउकोमा आउने समस्याहरू यसको जीवन यापन सँग पनि हुन सक्छ । जति आधुनिकता तर्फ लाइफ स्टाईल परिवर्तन हुँदै जान्छ । त्यति नै प्रेसर मधुमेह र शरीरमा बोसोका मात्रा बढ्दै जान्छ । त्यसबाट पनि समस्या हुन्छ । रगत नली सानो बनाउँछ । त्यसैले यी कुराहरू कन्ट्रोल गर्नु पर्याे, शरीरमा भएको मोटोपन हटाउनु पर्याे ।
(प्रस्तुतिः पुष्पाञ्जली बस्नेत)