इंग्लिस प्रिमियर लिग : आर्सनलको सात अंकको अग्रता « Khabarhub

इंग्लिस प्रिमियर लिग : आर्सनलको सात अंकको अग्रता


१२ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्टार खेलाडी गाब्रियल जेसुस घाइते भए पनि बुकायो साका र एडी एनकेटीयको उत्कृष्ट प्रदर्शनमा माइकल अर्टेटाको आर्सनलले इंग्लिस प्रिमियर लिगमा सात अंकको अग्रता बनाएको छ।

बक्सिङ डे अर्थात सोमबार राति भएको खेलमा आर्सनलले पुनरागमन गर्दै वेस्टहाम युनाइटेडलाई ३-१ ले हरायो।

खेलको २७औं मिनेटमा साइड बेन्राहमाले पेनाल्टीमा गोल गर्दै भ्रमणकारी टोली वेस्टहामलाई पहिलो हाफमा अग्रता दिलाएका थिए।

दोस्रो हाफमा घरेलु टोली आर्सनलले खेलमा पुनरागमन ग(यो। मार्टिन ओडेगार्डको पासमा बुकायो साकाले बराबरी गोल गरेका थिए।

ग्रानिट छाकाले मिलाएको बललाई गाब्रियल मार्टिनेलीले गोल गर्दै २–१ को स्थितिमा ल्याएका हुन्।

इडवार्ड एनकेटियले ६९औं मिनेटमा गोल गर्दै आर्सनललाई महत्वपूर्ण तीन अंक दिलाए।

जितपछि आर्सनलले १५ खेलबाट ४० अंक जोडेको छ। दोस्रो स्थानका न्युक्यासल युनाइटेडको ३३ अंक छ।

म्यानचेस्टर सिटीको भन्दा सात अंक फरक हो। सिटीले बुधबार लिड्स युनाइटेडसँग खेल्दैछ।

प्रकाशित मिति : १२ पुस २०७९, मंगलबार  ७ : ४० बजे

‘बालेन्द्र आएपछि केही चुनौती बढेको छ, झापा ५ मा हामी जित्छौँ’

काठमाडौं- यस पटको प्रतिनिधिसभाको निर्वानमा इपिक सेन्टर बनेको छ झापा

एनजीसीसीआई र केसीसीबीच उद्योग-शिक्षा सहकार्यका लागि समझदारी

काठमाडौं– नेपाल–जर्मन उद्योग वाणिज्य संघ (एनजीसीसीआई) र पूर्वाञ्चल विश्वविद्यालयअन्तर्गतको कान्तिपुर

भौतिक मन्त्रालयलाई मुख्यमन्त्री कँडेलको निर्देशन : रुग्ण आयोजनाको ठेक्का तोड्नुस्

सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले ठेक्का लिने तर समयमा

ग्रीनल्याण्डसम्बन्धी रक्षा सम्झौतामा अमेरिका र डेनमार्कबीच फेरि वार्ता हुने

एजेन्सी – अमेरिका र डेनमार्कबीच सन् १९५१ को ग्रीनल्याण्डसम्बन्धी रक्षा