अन्तर्वार्ता

स्वार्थ पूरा नभएर नयाँ गठबन्धन पनि फुट्छ

By खबरहब

December 27, 2022

काठमाडौँ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ४४ औ प्रधानमन्त्री नियुक्त भएर सरकार सञ्चालनमा लागिसकेका छन् । बहुदल प्राप्ति पछिको प्रधानमन्त्रीका लागि नियुक्त प्रचण्डले अब साँढे २ वर्ष प्रधानमन्त्रीको रुपमा नयाँ सरकार चलाउनेछन् । नेकपा एमालेसँग दुई वर्षपछि प्रधानमन्त्री पद हस्तान्तरण गर्ने सहमतिअनुसार प्रचण्ड नयाँ प्रधानमन्त्री बनेका हुन् । आखिर पुरानो गठबन्धन तोड्दै नयाँ गठबन्धनको निर्माण तथा पुरानो गठबन्धनको अन्त्य र यो सरकारको भविष्य कस्तो होला ? यसै विषयमा आधारित भएर नेपालको राजनीतिमा दबाब समूहहरूको भूमिका शीर्षकमा विद्यावारिधि गरेका डाक्टर पदमराज कलौनीसँग सुशील पाण्डेले गरेको कुराकानीको सम्पादित अंश:

सत्ता गठबन्धन भत्काउँदै एक्कासी प्रचण्ड प्रधानमन्त्री बनेका छन् यसको चुरो कुरा के हो ? राजनीतिमा केही पनि असम्भव छैन भनिन्छ । त्यसको नै परिणाम हो यो । अहिले जुन गठबन्धनबाट सरकार बनेको छ त्यो स्थायी भन्न सकिँदैन । यो गठबन्धनमा प्रधानमन्त्रीको कुरा मिलेन, नेकपा एमाले र कांग्रेस बिचको सम्बन्ध मिलेन र अन्तिम भित्ता सम्म गलाउन भनेर कांग्रेस लाग्यो र माओवादी केन्द्रले देखायो । कांग्रेस भित्रको आन्तरिक कोलाहलले पनि यो अवस्था आयो । दलीय सिस्टममा दलहरू नै सबै हुन्छन् सत्ता नै सबै मानिन्छ, त्यो धारणमा नेपाली कांग्रेस चुकेको छ । राजनीतिक दल भन्दा पृथक् ढङ्गबाट बसेका संगठन निर्माणमा भूमिका खेलेका हुन्छन् । उनीहरूले आफ्ना मागहरू सरकार सामु पुर्‍याएर सफल हुन सके भने उनीहरूलाई दबाब समूह भनिन्छ ।

राजनीतिमा अस्थिरता आएको कारण के हो ? आन्तरिक द्वन्द्व नै राजनीतिमा अस्थिरताको आधार हो । आन्तरिक गुटबन्दी देखिन्छ । धेरै बाहिय शक्तिको हस्तक्षेप देखिँदैन । राजनीतिक रूपमा पात्र फेरिए तर राज्यका अङ्गमा अमुक रूपमा जुन परिवर्तन हुनु पथ्र्यो, त्यो भएन । ड्राइभर मात्र नयाँ भएर हुँदैन बस पनि नयाँ हुनु पर्याे । वैदेशिक शक्तिको हस्तक्षेप भन्दा पनि आन्तरिक समस्या नै यसको प्रमुख हो ।

प्रधानमन्त्री पद यसरी बाँड्न पाइन्छ त ? विज्ञहरू सबै बसेर यो निर्णय गर्नु भएको हो । जितेपछि व्यक्ति हाबी हुने सबैमा एउटा चलन छ । बसैले हामीले जनतालाई सरकारमा गएर विकास गछौँ भनेको छौँ भनेको छन् र सरकारमा जानु पर्दछ भन्ने सबैको धारण छ । अहिलेको जनमत पनि कुनै पार्टीले सोचेको जस्तो पाएको छैनन् ।मन्त्री भएर केही गर्न सकिँदैन भने किन सरकार जाने । दैनिक रूपमा बेरोजगारी बढिरहेको छ, शिक्षा स्वास्थ्यमा समस्या छ, मतपत्र हेलिकप्टरबाट पुग्छ गाउँमा तर विद्यार्थीको लागि पुस्तक पुग्दैन । जनताको गाँस बास र कपासलाई हेर्ने हो भने हरेक नेताहरू यिनै कुरा लिएर आएका छन् । तर सत्तामा पुगेर त्यो बसै बिर्सिएका छन् । जब सम्म त्यो सुधार हुँदैन जबसम्म यो सरकारले पनि केही गर्दैन ।

प्रतिगमनमा प्रचण्डको मात्र स्वार्थ हो त ? यो गठबन्धन भनेको अस्थायी हो । यो स्थिर हैन जब आफ्नो स्वार्थ पुरा हुँदैन तब यो फुट्न सक्छ । नेताको स्वार्थ पुरा भएन भने लोकतन्त्र सबै सकिन्छ ।

मुलुकले ४४ औ प्रधानमन्त्री पयो यो कुराले केही सकारात्मक सन्देश ल्यायो त ? अब कस्तो आर्थिक नीति ल्याउँछ त्यसको मूल्याङ्कन गर्नु पर्दछ । हामी कुन ठाउँमा छौँ भनेर राजनीतिक दलहरूले सोच्नु पर्दछ । जनताको जनजीविकाका सवालहरू पुरा गर्नु पर्दछ । त्यसमा अहिले केही सुधार आएको हो कि जस्तो मलाई लाग्छ ।

(प्रस्तुति : पुष्पाञ्जली बस्नेत)