स्वार्थ पूरा नभएर नयाँ गठबन्धन पनि फुट्छ | Khabarhub Khabarhub

स्वार्थ पूरा नभएर नयाँ गठबन्धन पनि फुट्छ

‘कांग्रेसकै किचलोले गर्दा एमालेको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बनेका हुन्’


१२ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ४४ औ प्रधानमन्त्री नियुक्त भएर सरकार सञ्चालनमा लागिसकेका छन् । बहुदल प्राप्ति पछिको प्रधानमन्त्रीका लागि नियुक्त प्रचण्डले अब साँढे २ वर्ष प्रधानमन्त्रीको रुपमा नयाँ सरकार चलाउनेछन् । नेकपा एमालेसँग दुई वर्षपछि प्रधानमन्त्री पद हस्तान्तरण गर्ने सहमतिअनुसार प्रचण्ड नयाँ प्रधानमन्त्री बनेका हुन् । आखिर पुरानो गठबन्धन तोड्दै नयाँ गठबन्धनको निर्माण तथा पुरानो गठबन्धनको अन्त्य र यो सरकारको भविष्य कस्तो होला ? यसै विषयमा आधारित भएर नेपालको राजनीतिमा दबाब समूहहरूको भूमिका शीर्षकमा विद्यावारिधि गरेका डाक्टर पदमराज कलौनीसँग सुशील पाण्डेले गरेको कुराकानीको सम्पादित अंश:

सत्ता गठबन्धन भत्काउँदै एक्कासी प्रचण्ड प्रधानमन्त्री बनेका छन् यसको चुरो कुरा के हो ?
राजनीतिमा केही पनि असम्भव छैन भनिन्छ । त्यसको नै परिणाम हो यो । अहिले जुन गठबन्धनबाट सरकार बनेको छ त्यो स्थायी भन्न सकिँदैन । यो गठबन्धनमा प्रधानमन्त्रीको कुरा मिलेन, नेकपा एमाले र कांग्रेस बिचको सम्बन्ध मिलेन र अन्तिम भित्ता सम्म गलाउन भनेर कांग्रेस लाग्यो र माओवादी केन्द्रले देखायो । कांग्रेस भित्रको आन्तरिक कोलाहलले पनि यो अवस्था आयो । दलीय सिस्टममा दलहरू नै सबै हुन्छन् सत्ता नै सबै मानिन्छ, त्यो धारणमा नेपाली कांग्रेस चुकेको छ । राजनीतिक दल भन्दा पृथक् ढङ्गबाट बसेका संगठन निर्माणमा भूमिका खेलेका हुन्छन् । उनीहरूले आफ्ना मागहरू सरकार सामु पुर्‍याएर सफल हुन सके भने उनीहरूलाई दबाब समूह भनिन्छ ।

राजनीतिमा अस्थिरता आएको कारण के हो ?
आन्तरिक द्वन्द्व नै राजनीतिमा अस्थिरताको आधार हो । आन्तरिक गुटबन्दी देखिन्छ । धेरै बाहिय शक्तिको हस्तक्षेप देखिँदैन । राजनीतिक रूपमा पात्र फेरिए तर राज्यका अङ्गमा अमुक रूपमा जुन परिवर्तन हुनु पथ्र्यो, त्यो भएन । ड्राइभर मात्र नयाँ भएर हुँदैन बस पनि नयाँ हुनु पर्याे । वैदेशिक शक्तिको हस्तक्षेप भन्दा पनि आन्तरिक समस्या नै यसको प्रमुख हो ।

प्रधानमन्त्री पद यसरी बाँड्न पाइन्छ त ?
विज्ञहरू सबै बसेर यो निर्णय गर्नु भएको हो । जितेपछि व्यक्ति हाबी हुने सबैमा एउटा चलन छ । बसैले हामीले जनतालाई सरकारमा गएर विकास गछौँ भनेको छौँ भनेको छन् र सरकारमा जानु पर्दछ भन्ने सबैको धारण छ । अहिलेको जनमत पनि कुनै पार्टीले सोचेको जस्तो पाएको छैनन् ।मन्त्री भएर केही गर्न सकिँदैन भने किन सरकार जाने । दैनिक रूपमा बेरोजगारी बढिरहेको छ, शिक्षा स्वास्थ्यमा समस्या छ, मतपत्र हेलिकप्टरबाट पुग्छ गाउँमा तर विद्यार्थीको लागि पुस्तक पुग्दैन । जनताको गाँस बास र कपासलाई हेर्ने हो भने हरेक नेताहरू यिनै कुरा लिएर आएका छन् । तर सत्तामा पुगेर त्यो बसै बिर्सिएका छन् । जब सम्म त्यो सुधार हुँदैन जबसम्म यो सरकारले पनि केही गर्दैन ।

प्रतिगमनमा प्रचण्डको मात्र स्वार्थ हो त ?
यो गठबन्धन भनेको अस्थायी हो । यो स्थिर हैन जब आफ्नो स्वार्थ पुरा हुँदैन तब यो फुट्न सक्छ । नेताको स्वार्थ पुरा भएन भने लोकतन्त्र सबै सकिन्छ ।

मुलुकले ४४ औ प्रधानमन्त्री पयो यो कुराले केही सकारात्मक सन्देश ल्यायो त ?
अब कस्तो आर्थिक नीति ल्याउँछ त्यसको मूल्याङ्कन गर्नु पर्दछ । हामी कुन ठाउँमा छौँ भनेर राजनीतिक दलहरूले सोच्नु पर्दछ । जनताको जनजीविकाका सवालहरू पुरा गर्नु पर्दछ । त्यसमा अहिले केही सुधार आएको हो कि जस्तो मलाई लाग्छ ।

(प्रस्तुति : पुष्पाञ्जली बस्नेत)

 

प्रकाशित मिति : १२ पुस २०७९, मंगलबार  १० : ५४ बजे

५२ जनाको संवैधानिक नियुक्तिविरुद्ध मुद्दाको पेसी आज

काठमाडौं– तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ सालमा अध्यादेशमार्फत संवैधानिक

श्रमदानबाटै सिँचाइ योजना मर्मत

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–४ थामडाँडाका स्थानीयले श्रमदानबाटै सिँचाइ योजना मर्मत

अमेरिका-युक्रेन फेरि वार्ताको सम्भावना : ‘ब्याक च्यानल’ प्रयोग गर्दै ट्रम्प

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि युक्रेनका राष्ट्रपति भोलोडिमिर

ढोरपाटनका किसानलाई अनुदानमा हाते ट्याक्टर

बागलुङ– बागलुङको ढोरपाटन नगरपालिकाले किसानलाई आधुनिक प्रविधिसँग जोड्न हाते ट्याक्टर

रेडपाण्डा संरक्षणका लागि जैविकमार्ग विकास गरिँदै

इलाम– इलाममा लोपोन्मुख रेडपाण्डा संरक्षणका लागि पहल सुरु गरिएको छ