देउवाले कांग्रेस सभापतिबाट राजीनामा दिनुपर्छ « Khabarhub

देउवाले कांग्रेस सभापतिबाट राजीनामा दिनुपर्छ

‘अब प्रचण्ड ओलीका कठपुतली हुन’


१२ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

नेपाली राजनीतिमा कुनै पनि बेला जे पनि हुनसक्छ भन्ने कुरा हिजोको घटनाले देखाएको छ। एकातर्फ नेपाली कांग्रेसको नेतृत्वमा बनेको गठबन्धन भत्किएको छ भने नयाँ गठबन्धन मिलेर नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीमा नियुक्त भएका छन्। प्रधानमन्त्री पद कसले लिने भन्नेमा रस्साकस्सी चलिरहँदा कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्रीको अडान नछाड्दा प्रचण्ड बालुवाटारबाट बालकोट पुगे र त्यहाँ सहमति गरेर प्रधानमन्त्री बनेका छन्। यसै विषयमा आधारित भएर राजनीतिक विश्लेषक डम्बर खतिवडासँग नयन सापकोटाले गरेको कुराकानीको सम्पादित अंश :

नेपाली कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री आफैं पाउनुपर्छ भन्ने अडान नछोड्दा सत्ता विमुख हुन पुगेको छ। यसलाई तपाईंले कसरी लिनु भएको छ ?
लोकतन्त्रमा कोही दल बाहिर जान्छन् र कोही भित्र जान्छन्। त्यसैले कांग्रेसले के पायो के पाएन त्यो मतलबको कुरा होइन। यो संसदीय लोकतन्त्र भनेको गणितको खेल मात्र हो। अहिलेको राजनीतिमा नैतिकता नै भएन जसले जे गर्न सक्छ त्यो गर्ने भयो। धेरै मौकामा चौका हान्ने मात्र भए। प्रचण्डको अहिलेको अवस्था भनेको एउटा उखान जस्तै भएको छ। ‘भिखारी कहिल्यै टाट पल्टिँदैन किनभने उसँग कचौरा सधैँ हुन्छ’ भन्ने उखान जस्तै माओवादीलाई भएको छ। पार्टीहरू आफ्नो स्वतन्त्रमा चुनाव जितेर आएका छन् भने उ जता जाओस् कसैलाई केही फरक पर्दैन। तर पाँच दलीय गठबन्धनलाई जनताले केही गर्ला भनेर जिताएपछि उहाँ अर्कोमा बाटोमा जाँदा जनताको विश्वासमाथि धोका भयो।

यो गठबन्धन भत्किनुको पछाडि केही त्याग गर्न नेपाली कांग्रेसलाई के ले छेक्यो त ?
कांग्रेस सभापति शेरबहादुर देउवा ज्योतिषीले भनेजस्तो सात पटक प्रधानमन्त्री खाने लाइनमा लाग्नुभयो। तर, प्रचण्ड आफ्नो कचौरा बोकेर बालकोट पुग्ने कुरा हेक्का राख्नु भएन। कमजोरी यही हो। अब जे हुनु भइसक्यो । एक कार्यकालमा कांग्रेस सरकार बाहिर बसेर समर्थन गर्दा पनि हुन्छ भन्नेतर्फ देउवा लागेनन्। देउवाको मनोविज्ञानको कुरा हो। कांग्रेस एक्लै पनि चुनावमा जान सक्थ्यो। तर देउवाले प्रचण्डमाथि भर परेर जानुभयो त्यसको सजाय पाउनुभयो। देशको हित सोच्ने हो भने अब देउवाले नेपाली कांग्रेसको सभापति र संसदीय दलको नेताबाट राजीनामा दिनुपर्छ। जुनै नेता आए पनि सत्ताको लागि नै आउने रहेछ, मन्त्री नै खान आउने रहेछ। राजेन्द्र लिङ्देन आए, रवि लामिछाने आए। तर अन्तिममा प्रचण्डको शरणमा नै परे। रवि नभएर सरकार नबन्ने होइन। उहाँहरूको पनि राजनीतिको औचित्य रहेनछ। सरकारमा जानु, पद खानु, मन्त्री हुनु गलत होइन भन्ने पुष्टि भयो।

जनमत प्रतिपक्षमा बस भन्ने तर सरकारको साँचो समाल्ने किन भएको छ ?
यो ३२ सिट माओवादीको मात्र मत होइन। एक्लै चुनाव लडेको भए समानुपातिकसहित २० सिट कटाउन समस्या पर्ने थियो। संसदीय राजनीतिमा यस्तो राजनीति त संसारमा कसैले गरेको देखिँदैन। संसदीय राजनीतिमा चुनावमा गठबन्धन नगरेर एक्लै लड्ने हो भने राम्रो हुन्छ।

अब प्रचण्डले भ्रष्टाचारको छानबिन गर्नु होला त ?
गर्नु हुन्न। यसमा कोही चोखो छैन। अहिले राप्रपाले भ्रष्टाचारको बारेमा जे भने पनि उसको मौलिक एजेन्डा भनेको एउटा राजतन्त्र ल्याउने र अर्को हिन्दु राज्य बनाउने हो। त्यो भन्दा अरू छैन। यो एजेन्डाको नैतिकता भित्र रहेर राजनीति गर्छ भने राम्रो हो। को कता गयो कसले मन्त्री पद खायो भनेर धेरै चर्चा गरेर नै देश उँभो लागेन। देश के गर्दा चाहिँ विकास हुन्छ त्यो चाहिँ ध्यान दिनुपर्छ।

यो व्यवस्थालाई फरक ढङ्गले कसरी अगाडि लैजान सकिन्छ ?
यो व्यवस्था बेठिक छैन भने त सम्बन्धित व्यक्तिलाई भन्नुपर्छ। जति पनि बेथिति छन् त्यसलाई परिवर्तन गर्नु पर्दछ। तर, त्यो अहिले देखिँदैन।

यो पाँच वर्षको अन्तरालमा दुई वटा मात्र सरकार बन्ला त ?
अब बनेको सरकार दुई वर्ष जान्छ होला। अविश्वासको प्रस्ताव राख्न सकिन्छ। कम्युनिष्टको केही भर हुँदैन कति बेला मिल्छन्, छुटिन्छन्। त्यो केही थाहा हुँदैन। अहिले केपी ओली र प्रचण्ड दुई मिनेटमा नै मिलेका छन्। ओली र प्रचण्डको जति सम्बन्ध जान्छ र त्यति नै टिक्छ। प्रचण्ड ओलीका कठपुतली हुन् अब। यसपालि ओलीले चाँबी आफैले राखेर पद प्रचण्डलाई दिएका छन्।
प्रस्तुति : पुष्पाञ्जली बस्नेत

प्रकाशित मिति : १२ पुस २०७९, मंगलबार  १ : ४९ बजे

चुनाव र पार्टी अधिवेशन दुवैको तयारी गर्नुहोस् : कावा सभापति खड्का

कीर्तिपुर– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले राष्ट्रिय राजनीतिको निकासका

काठमाडौं महानगरको १८औँ नगरसभा अधिवेशन सम्पन्न

काठमाडौं– काठमाडौं महानगरपालिकाको नगरसभाको १८औँ अधिवेशन सम्पन्न भएको छ । शुक्रबार

आयुर्वेद चिकित्सालयलाई केन्द्रीय आयुर्वेद अस्पतालका रूपमा विकास गरिने

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा गौतमले आयुर्वेद चिकित्सालयलाई केन्द्रीय आयुर्वेद

कैलालीमा अध्यागमनको काम रोकिएपछि अर्को नाका प्रयोग गर्दै यात्रु

सुदूरपश्चिम– कैलालीको धनगढीस्थित अध्यागमन कार्यालयमा प्रक्रिया पुर्‍याएर आएका तेस्रो मुलुकका

कोठेगाउँमा बाँसका सामग्री बनाउनेको सङ्ख्या घट्दै

लेखनाथ– पोखरा महानगरपालिका–३२ को मालेपाटनस्थित कोठेगाँउमा बाँसका सामग्री बनाउने र बिक्री