‘नयाँ काम नभए पनि कार्यकालमा उपलब्धि धेरै भएका छन्’ « Khabarhub

‘नयाँ काम नभए पनि कार्यकालमा उपलब्धि धेरै भएका छन्’


१२ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– निर्वतमान स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले आफ्नो कार्यकालमा धेरै नयाँ काम नभए पनि उपलब्धि भने भएको बताएका छन् ।आज स्वास्थ्य मन्त्रालयले आयोजना गरेको बिदाई कार्यक्रममा बोल्दै उनले भने, ‘मेरो छ महिने कार्यकालमा नयाँ सुरुआत नभए पनि कैयन उपलब्ध भने भएका छन् ।’

उनले कार्यकालमा आधारभूत अस्पताल निर्माणलाई तीव्रता दिएको तथा कोरोना महामारीविरुद्धको खोप लगाउने कार्यमा सफलता मिलेको भन्दै विश्व स्वास्थ्य सङ्गठनले समेत प्रशंसा गरेको बताए । 

‘मेरो कार्यकालमा जे जति काम भएका छन् त्यसको श्रेय सबै स्वास्थ्यकर्मी र कर्मचारीलाई पनि जान्छ’, उनले भने, ‘यसका लागि मन्त्रालयका कर्मचारीलाई धन्यावाद दिन्छु ।’ उनी आफू बिदाइ हुने क्रममा निराश नभएको बताए। ‘म मन्त्रालयमा आउँदा धेरै खुसी थिइन र बिदाइमा पनि निराश छैन, नयाँ मन्त्रीलाई कार्यकालको शुभकामना दिन्छु’, उनले भने ।

उनले नीति, रणनीति र कानुन तर्जुमा, पूर्वाधार निर्माणमा, कोभिड-१९, हैजा र डेङ्गु महामारी रोकथाम तथा नियन्त्रण र सेवा प्रवाह तथा सेवा विस्तार भएका उपलब्धि महत्वपूर्ण भएको बताएका छन् ।

प्रकाशित मिति : १२ पुस २०७९, मंगलबार  १ : ४४ बजे

इन्जिनियर लामिछानेको गाई–भैँसी पालनबाट मासिक १५ लाख आम्दानी

काठमाडौँ- मेहनत र लगनशील भएर जुनसुकै व्यवसाय अँगाले पनि सफल

तलेजुमा सर्वसाधारणद्वारा कुमारीको हातबाट टीका ग्रहण, तलेजुलाई देवगृह भित्र्याइयो

भक्तपुर- विजयादशमीको दिन आज जीवित देवी एकान्त कुमारीको हातबाट स्थानीय

पूर्वराष्ट्रपति भण्डारीद्वारा छोरी-ज्वाईँ र सर्वसाधारणलाई टीका प्रदान

काठमाडौँ- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आज विजया दशमीको दिन आमा मिथिला

नाइजेरियामा इबोलाको पहिलो सङ्क्रमण

अबुजा- अफ्रिकामा फैलिएको इबोला प्रकोप नाइजेरियासम्म पुगेको छ । युगान्डाबाट

क्यासिनोबाट पाँच जना प्रहरी नियन्त्रणमा

वीरगन्ज (पर्सा)- क्यासिनोभित्र नेपाली प्रवेश गराई जुवा खेल्ने–खेलाउने कार्यमा संलग्न