चीनमा विदेशी पर्यटकको आगमनमा लगाइएको प्रतिबन्ध अन्त्य « Khabarhub

चीनमा विदेशी पर्यटकको आगमनमा लगाइएको प्रतिबन्ध अन्त्य


१२ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चीनमा विदेशी पर्यटकको आगमनमा लगाइएको प्रतिबन्ध अन्त्य गरिएको छ ।

चीनले जनवरी ८ देखि सुरु हुने अन्तर्राष्ट्रिय आगमनका लागि न्युक्लिड एसिड परीक्षण रद्द गर्ने चिनियाँ विदेश मन्त्रालयको वेबसाइटमा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।

यद्यपि, चीन भ्रमणमा आउने यात्रुले चीन प्रस्थान गर्नुभन्दा ४८ घण्टाभित्र पीसीआर परीक्षण गर्नुपर्ने र यसको रिपोर्ट साथमा राख्नुपर्नेछ । कोभिड सङ्क्रमण भएका व्यक्तिहरूलाई रिपोर्ट नेगेटिभ नआएसम्म आफ्नो यात्रा स्थगित गर्न सल्लाह दिइएको छ ।

चिनियाँ कूटनीतिक तथा कन्सुलर नियोगबाट स्वास्थ्य कोडका लागि यात्रुले आवेदन दिन आवश्यक छैन । उनीहरुले भन्सार कार्डमा आफ्नो स्वास्थ्य अवस्थाको घोषणा गर्ने विज्ञप्तिमा उल्लेख छ ।

असामान्य स्वास्थ्य अवस्था घोषणा वा ज्वरोको लक्षण भएका व्यक्तिहरूले भन्सारमा एन्टिजेन परीक्षण गर्नुपर्नेछ । उनीहरूलाई स्वास्थ्य अवस्था हेरेर निको नहुञ्जेलसम्म घरमै एकान्तमा बस्न वा अस्पतालमा उपचार गर्न सल्लाह दिइने बताइएको छ ।

प्रकाशित मिति : १२ पुस २०७९, मंगलबार  ३ : ३२ बजे

नेपाली कांग्रेस महाधिवेशन : सहमहामन्त्री र केन्द्रीय सदस्यको मतगणना अन्तिम तयारी

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत भइरहेको मतगणनाको क्रममा

सलमान खानले सुरु गरे आफ्नै युट्युब च्यानल

काठमाडौं– पर्दामा एक्सन, रोमान्स र दमदार संवादका लागि चिनिने बलिउड

बुढीगण्डकी बाढी : ५ जना सम्पर्कविहीन, ४७ जनाको हेलिकोप्टरबाट उद्धार

काठमाडौं– बुढीगण्डकी नदीमा आइतबार बिहान आएको बाढीले ठूलो क्षति पुर्‍याएको

बूढीगण्डकीमा बाढी : ४७ जनाको उद्धार, ५ जना सम्पर्कविहीन

काठमाडौँ – गोरखाको चुमनुब्री गाउँपालिका–६ लोक्पादेखि चुम्लिङको बीचमा ठूलो पहिरो

बूढीगण्डकी बाढीमा फसेकाको हेलिकोप्टरमार्फत उद्धार

गोरखा– बूढीगण्डकी नदीमा आएको बाढीमा परेर अलपत्र परेकाहरूको हेलिकोप्टरमार्फत उद्धार गरिएको