निकुञ्जका खोर बाघले भरिए | Khabarhub Khabarhub

निकुञ्जका खोर बाघले भरिए


१२ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवन राष्ट्रिय निकुञ्जमा नरभक्षी बाघ राख्नका लागि बनाइएका खोर बाघले भरिएका छन् । निकुञ्जमा खोरमा पाँच वटा बाघ छन् । निकुञ्जको मुख्यालय कसरामा तीन वटा र सौराहामा दुई वटा बाघ खोरमा छन् । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार सौराहामा मेघौली र कुमरोजबाट मानिसलाई आक्रमण गरेपछि उद्धार गरिएका बाघ राखिएको हो । कसरामा बाँकेबाट दुई वर्षअघि ल्याएको एउटा बाघ छ । 

त्यस्तै देवनगर र माडीबाट ल्याइएका दुई बाघ छन् । ती बाघ आठ वर्षदेखि १५ वर्षसम्मका रहेको तिवारीले जानकारी दिए । यसवर्ष माडीमा एक जनालाई बाघले आक्रमण गरेपछि उद्धार गरी ल्याइएको हो । अन्य बाघ अघिल्ला वर्ष ल्याइएका हुन् । 

यस आर्थिक वर्षमा हात्तीले दुई र गैँडाले एक जनालाई आक्रमण गरी ज्यान लिएका छन् । निकुञ्जमा थप बाघ राख्नका लागि खोर बाँकी छैनन् । कसरामा रहेको एउटा पुरानोलाई खोर मर्मत गरिँदै छ । खोरमा बाघ थपिए विकल्पको खोजी गर्नुपर्ने हुन्छ । 

तिवारीले पश्चिम चितवनको मेघौलीमा हात्तीले मान्छे मारेपछि सोही क्षेत्रमा घाइते बाघ रहेको अनुमानमा खोजी कार्य जारी राखिएको बताउनुभयो । त्यहाँ बाघ भेटिएमा राख्नका लागि पुरानो खोर मर्मत हुँदैछ । बाघको सङ्ख्या निकुञ्जमा बढेसँगै समस्यामा परेका बाघ पनि बढेका हुन् ।

सन् २०२२ को गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्जमा वयस्क बाघको सङ्ख्या एक सय २८ छ । पर्सा राष्ट्रिय निकुञ्जमा भने बाघको सङ्ख्या ४१ छ । देशभर बाघको सङ्ख्या तीन सय ५५ छ । उनका अनुसार सन् २०२२ मा गरिएको एक सर्वेक्षणमा निकुञ्जभित्र एक वर्ग किलोमिटरमा ९९ दशमलव ६ वटा आहाराको घनत्व रहेको पाइएको थियो । जुन राम्रो मानिन्छ । विगतका तुलनामा आहाराको घनत्व बढेको उनको भनाइ छ । बाघको पहिलो रोजाइँ जरायो हुने गर्छ । समग्र मृग प्रजाति बाघको आहारा हो । जरायोसँगै लगुना, रतुवा जस्ता वन्यजन्तु बाघले सिकार गर्दछ । ती वन्यजन्तु नपाएमा बाघले बँदेलसमेत खाने तिवारीको भनाइ छ । घाइते र नरभक्षी वन्यजन्तु बढेपछि निकुञ्जको देवनगरस्थित बरण्डाभार वनमा व्यवस्थित ठाउँ निर्माणको तयारी गरिएको छ । 

खुल्ला चिडियाखानाका रुपमा विकास गरेर घाइते र नरभक्षी बाघ, गैँडा, हात्ती जस्ता वन्यजन्तुलाई त्यहाँ राख्ने तयारी गरिएको छ । सर्वसाधारणलाई टिकट लिएर अवलोकन गराउँदा त्यसको आम्दानीले वन्यजन्तु पाल्न सकिने हुँदा सोहीअनुरूप काम अघि बढाइएको हो । हाल सो ठाउँमा कार्यालय भवन बनाइएको छ । क्रमशः खुल्ला खोर बनाउने योजना रहेको तिवारीले बताए । निकुञ्जले अहिले खोरमा राखिएका प्रत्येक बाघलाई दैनिक पाँच किलो मासु खुवाउँदै आएको छ ।

प्रकाशित मिति : १२ पुस २०७९, मंगलबार  ३ : ३७ बजे

बागमतीसहित यी प्रदेशमा ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

महिला एसिया कप : आइतबार भारत र श्रीलंकाको फाइनल भिडन्त

काठमाडौं – एसिसी महिला एसिया कप क्रिकेटको फाइनलमा भारत र

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार