पोखरामा ल्याण्डफिलको विवाद भएपछि फोहोर सडकमै « Khabarhub

पोखरामा ल्याण्डफिलको विवाद भएपछि फोहोर सडकमै


१२ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

पोखरा– पोखरामा ल्याण्डफिलको विवाद भएपछि फोहोर उठ्न छोडेको छ । अहिले सहरका चोकचोकमा फोहोर थुपारिएको छ । महानगरले फोहोर उठाउन छोडेको जनाएको छ । ‘फोहोर फाल्ने ठाउँमा विवाद छ । अहिले फोहोर उठ्न सकेको छैन,’ महानगरका प्रवक्ता मोति तिमिल्सीनाले भने, ‘हामी छिटै समस्या समाधान गरेर सफा गर्ने छौं ।’

पोखरा १४ मा रहेको यसअघिको ल्याण्डफिल साइट अन्तर्राष्ट्रिय विमानस्थलका कारण पुरिएको छ । अहिले महानगरपालिकाको कार्यपालिका बैठकले पोखरा ३२ लामे आहालमा अल्पकालीन ल्याण्डफिल राख्ने निर्णय गरेको छ । सोहीअनुसार सडक विस्तार गरिएको छ भने आवश्यक तयारी थालिएको छ । 

तर, स्थानीयले अवरोध गरेपछि पोखराको फोहोर अहिले सडकमै थुप्रिएको हो । तिमिल्सिनाका अनुसार अझै ३–४ दिनसम्म फोहोर उठाउने अवस्था छैन । ‘केही दिन अझै लाग्छ । उता ल्याण्डफिल बनाउदै छौं । स्थानीयसँग पनि कुरा गर्नुछ,’ अघि भने । लामे आहाल बाहेक अन्य ठाउँमा पनि पोखराले फोहोर डम्प गर्ने जग्गा खोजी गरेको छ । महानगरले समयमा ल्याण्डफिलको व्यवस्था गर्न नसक्दा समस्या देखिएको हो । 

चार वर्षअघि देखि नै प्रयोगमा रहेको ल्याण्डफिल हटाउन सुझाव दिइएको थियो । तर, महानगरले वास्ता गरेन । अहिले पोखरा २१, २२ र ३३ मा दीर्घकालका लागि ल्याण्डफिलप्लाण्ट राख्ने जग्गा खोजी गरि वातावरणीय प्रभाव मूल्यांकन गरिरहेको छ । पोखरा ३२ मा भने स्थानीयसँग सल्लाह नगरेको र वातावरणमा पर्ने असरको मूल्यांकन नगरेको गुनासो स्थानीयबासीको छ ।

 

प्रकाशित मिति : १२ पुस २०७९, मंगलबार  ५ : ११ बजे

०१५ सालका मतदाता सुरेन्द्रबहादुर भन्छन्- राजनीति नै स्वार्थको साधन बनेपछि नयाँ पुरानाको भेद रहेन

नेपाली कांग्रेसले घरदैलो पुरानो बानेश्वर चोकबाट कार्यक्रम सुरु गर्‍यो ।

न्युजिल्याण्डमाथि इंग्ल्यान्डको रोमाञ्चक जित, रोचक बन्यो सेमिफाइनल समीकरण

काठमाडौं । आईसीसी पुरुष टी–२० विश्वकप अन्तर्गत सुपर–८ चरणको प्रतिस्पर्धा

रास्वपाले भन्यो : मोदीलाई लेखेको भनिएको पत्र पूर्णतः नक्कली र कपोलकल्पित हो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सभापति रवि लामिछाने

भीडभाड गरेर फागु खेल्न नपाइने

गण्डकी – प्रतिनिधिसभा सदस्य चुनावको सम्मुखमा परेको फागु पर्व यसपालि

रास्वपाले मोदीलाई लेखेको भनिएको पत्र भाइरल, शिशिर खनाल भन्छन् – यो ‘फेक’ हो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुन २१ गतेको चुनावअघि