नेपाल एयरलाइन्सद्वारा कर्णाली र सुदूरपश्चिमका हिमाली जिल्लाका लागि उडान संख्या थप | Khabarhub Khabarhub

नेपाल एयरलाइन्सद्वारा कर्णाली र सुदूरपश्चिमका हिमाली जिल्लाका लागि उडान संख्या थप


१२ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सरकारी स्वामित्वको नेपाल एयरलाइन्सले कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली जिल्लाका लागि उडान संख्या थपेको छ ।

नेपाल एयरलाइन्स क्षेत्रीय केन्द्र नेपालगञ्जका क्षेत्रीय प्रबन्धक किरणमान श्रेष्ठका अनुसार कर्णालीका चार र सुदूरपश्चिमको एक जिल्लामा उडान संख्या थप गरिएको हो । यात्रुहरुको चाप वृद्धि भएको र सडक यातायात सहज नभएका कारण उडान थप्नुपरेको श्रेष्ठले बताए ।

हुम्लाको सिमीकोटका लागि सातामा दुई उडान हुने गरेकोमा हाल तीन उडान सुरु गरिएको छ। अब आइतबार, सोमबार र मंगलबार उडान हुनेछ । भाडादर ९ हजार १७० रुपैयाँ निर्धारण गरिएको छ । चार्टर उडानको १३ हजार २२० रुपैयाँ लाग्नेछ । यसअघि सिमीकोटका लागि शनिबार र आइतबार मात्रै उडान भर्ने गरिएको थियो ।

त्यसैगरी जुम्लामा नेपालगञ्जबाट सोमबार र मंगलबार उडान हुनेछ । भाडादर पनि ६ हजार २८० रुपियाँ तोकिएको छ । त्यस्तै, मुगुको ताल्चाका लागि आइतबार र मंगलबार उडान तालिका रहेको छ भने भाडादर ७ हजार ४०० रुपैयाँ तोकिएको छ । डोल्पाको जुफालका लागि हप्ताका दुई दिन सोमबार र बुधबार उडान हुनेछ । नेपालगञ्जबाट डोल्पाका लागि भने ६ हजार ८०५ रुपैयाँ भाडादर निर्धारण गरिएको छ ।

बाजुराको कोल्टी विमानस्थलका लागि सातामा सोमबार र बुधबार उडान हुनेछ भने भाडा ६ हजार ९७५ रुपैयाँ कायम गरिएको छ । नेपाल एयरलाइन्सले चार्टर उडान नभइ सेड्युल उडान भर्ने भएका कारण भाडादर पनि सस्तो पर्ने गर्छ ।

यी जिल्लामा उडान भर्नका लागि यसअघि नेपाल एयरलाइन्सको जहाज हप्तामा एक रात नेपालगञ्जमा नाइट स्टे गर्ने गरेकोमा अहिले भने तीन दिन बस्दै आएको छ । उडान पनि नियमित रुपमा भइरहेको र यात्रुलाई पनि भाडादरमा सहज भएको नेपाल एयरलाइन्सले जनाएको छ । निजी हवाई सेवा प्रदायक कम्पनीले उडान भर्ने गरेपनि भाडा दर चर्को रहेको छ । हिमाली जिल्लामा सडक पहुँच सहज नहुँदा यहाँका सयौँ यात्रुहरु हैरानी खेप्दै आएको गुनासो आएपछि उडान संख्या थप गरिएको हो । हुम्ला जिल्ला सडक सञ्जालसँग जोडिएको छैन ।

हिमाली जिल्लामा चिसोसमेत बढेको स्थानीयबासीले बताएका छन् । चर्को रकम तिरेर पनि जहाज चढन नपाएको भन्दै हिमाली जिल्लामा नागरिकले आक्रोश व्यक्त गरिरहेका छन् । अब सरकारी स्वमितत्वको कम्पनीले उडान दर बढाएपछि यात्रुलाई सहजता भएको मुगुकी स्थानीय रामदेवी खड्काले बताइन् ।

प्रकाशित मिति : १२ पुस २०७९, मंगलबार  ७ : ५६ बजे

कारको ठक्करबाट पत्रकार रोहिताको मृत्यु

जनकपुरधाम– कारकाे ठक्करबाट पत्रकार शिवेन्द्र रोहिताको मृत्यु भएको छ ।

बागमती प्रदेशसभामा विषयगत समितिको सभापति चयन गरिँदै

हेटौँडा– बागमती प्रदेशसभाअन्तर्गत विषयगत समितिका सभापतिको नाम चयन गरिँदै छ

छानबिन समिति बनाउन प्रधानमन्त्री सहमत : कांग्रेस

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका नेताहरुबीचको

नासाको आर्टेमिस–३ मिसन : अन्तरिक्ष यात्रीको फिल्ड प्रशिक्षण सुरु

काठमाडौं– अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले ५० वर्षपछि चन्द्रमामा अन्तरिक्ष यात्री

सभामुखले दलका शीर्ष नेताहरुसँग छलफल गर्दै

काठमाडौं– सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरुसँग छलफल