प्रचण्ड प्रधानमन्त्री बनेको भोलिपल्ट काठमाडौँमा चिनियाँ टोली, अन्तरदेशीय रेलमार्गको अध्ययन गर्ने « Khabarhub

प्रचण्ड प्रधानमन्त्री बनेको भोलिपल्ट काठमाडौँमा चिनियाँ टोली, अन्तरदेशीय रेलमार्गको अध्ययन गर्ने


१२ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार बनेको भोलिपल्टै चिनियाँ प्राविधिक टोली काठमाडौँ आइपुगेको छ ।

चिनियाँ राजदूतावासले विज्ञप्ति जारी गर्दै चिनियाँ टोली काठमाडौँ आएको जानकारी दिएको हो । अन्तरदेशीय रेलमार्गको सम्भाव्यता अध्ययन र सर्वेक्षण गर्न चिनियाँ विज्ञको पहिलो समूह काठमाडौँ आएको दूतावासले जनाएको छ ।

प्रचण्डको नेतृत्वमा सरकार बनेको भोलिपल्टै चिनियाँ प्राविधिक टोली आउनुलाई निकै महत्वका साथ हेरिएको छ ।

चीनको महत्वकांक्षी बेल्ट एण्ड रोड इनिसिएटिभ बीआरआईअन्तर्गत नेपालले चीनसमक्ष प्रस्ताव गरेका नौ परियोजनामध्ये नेपाल चीन अन्तरदेशीय रेलमार्ग पनि एक हो ।

प्रकाशित मिति : १२ पुस २०७९, मंगलबार  ७ : २८ बजे

जनकपुरले एकै ओ‌भरमा गुमायो दुई विकेट, परेरा र अली आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

दसैँ बिदाका कारण हेटौँडामा रगत अभाव

बागमती– दसैँं बिदाका कारण हेटौँडामा रगतको अभाव भएको छ ।

जनकपुरले गुमायो चौथो विकेट, मोइन अली आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो तेस्रो विकेट, अनिल साह आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली