प्रचण्ड प्रधानमन्त्री बनेको भोलिपल्ट काठमाडौँमा चिनियाँ टोली, अन्तरदेशीय रेलमार्गको अध्ययन गर्ने « Khabarhub

प्रचण्ड प्रधानमन्त्री बनेको भोलिपल्ट काठमाडौँमा चिनियाँ टोली, अन्तरदेशीय रेलमार्गको अध्ययन गर्ने


१२ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार बनेको भोलिपल्टै चिनियाँ प्राविधिक टोली काठमाडौँ आइपुगेको छ ।

चिनियाँ राजदूतावासले विज्ञप्ति जारी गर्दै चिनियाँ टोली काठमाडौँ आएको जानकारी दिएको हो । अन्तरदेशीय रेलमार्गको सम्भाव्यता अध्ययन र सर्वेक्षण गर्न चिनियाँ विज्ञको पहिलो समूह काठमाडौँ आएको दूतावासले जनाएको छ ।

प्रचण्डको नेतृत्वमा सरकार बनेको भोलिपल्टै चिनियाँ प्राविधिक टोली आउनुलाई निकै महत्वका साथ हेरिएको छ ।

चीनको महत्वकांक्षी बेल्ट एण्ड रोड इनिसिएटिभ बीआरआईअन्तर्गत नेपालले चीनसमक्ष प्रस्ताव गरेका नौ परियोजनामध्ये नेपाल चीन अन्तरदेशीय रेलमार्ग पनि एक हो ।

प्रकाशित मिति : १२ पुस २०७९, मंगलबार  ७ : २८ बजे

नोबेल साहित्यमा महिला लेखकको चर्चा

स्टकहोम- यस वर्षको नोबेल साहित्य पुरस्कारका सम्भावित दावेदारमा चिनियाँ र

बाढीले क्षतिग्रस्त कोल्पुखोला पुल (तस्बिरहरू)

काठमाडौं– गत भदौ १० मा भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको

काठमाडौँमा भारी वर्षा : कांग्रेस महाधिवेशनस्थल राष्ट्रिय सभागृहमा ओत खोज्दै प्रतिनिधि

काठमाडौँ – नेपाली कांग्रेसको जारी १५औँ महाधिवेशनको तेस्रो दिन मंगलबार

नेप्से परिसूचक ११ अंकले बढ्यो, कारोबार कति ?

काठमाडौँ- धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज ११.९६ अंकले

उपसभापतिमा जीवन परियारको उम्मेदवारी दर्ता

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा जीवन परियारले उपसभापतिमा उम्मेदवारी दर्ता