बागलुङमा अत्यावश्यकबाहेकका सबै नियमित सेवा बन्द « Khabarhub

बागलुङमा अत्यावश्यकबाहेकका सबै नियमित सेवा बन्द


१४ माघ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ – पदाधिकारी र कर्मचारी नै कोरोना सङ्क्रमित भएपछि यहाँका सार्वजनिक निकायका सेवा प्रभावित भएका छन् । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको तीव्र फैलावटलाई हेरेर कतिपय कार्यालयले सेवा स्थगन गरेका छन् ।

बागलुङ नगरपालिकाले आजदेखि यही माघ २१ गतेसम्मलाई अत्यावश्यकबाहेकका सबै नियमित सेवा सेवा बन्द गरेको छ । जनप्रतिनिधि, कर्मचारी र नगरवासीमा तीव्रगतिमा सङ्क्रमण फैलिएकाले सेवा प्रवाहलाई स्थगन गर्नुपरेको नगरपालिकाका सूचना अधिकारी युक्तप्रसाद सुवेदीले जानकारी दिए ।

कर्मचारी नै सङ्क्रमित भएर आइसोलेशनमा बस्नुपरेकाले दैनिक सेवा सञ्चालनमा बाधा उत्पन्न भएको उनको भनाइ छ । कन्ट्याक्ट ट्रेसिङमा परेका कारणले पनि कतिपय कर्मचारी कार्यालय आउन सकेका छैनन् । नगरपालिकाअन्तर्गत वडा र विषयगत शाखाबाट प्रदान हुने सेवा पनि स्थगन भएको जनाइएको छ ।

जिल्ला अदालतले पनि आइतबारदेखि आउँदो २५ गतेसम्मलाई अत्यावश्यकबाहेकका नियमित सेवा स्थगन गर्ने निर्णय गरेको छ । न्यायाधीश र कर्मचारीमासमेत कोरोना सङ्क्रमण देखिएकाले सेवा प्रवाह स्थगन गर्नुपरेको अदालतले जनाएको छ । मुलुकी फौजदारी संहिता, बन्दी प्रत्यक्षीकरण र निषेधाज्ञा निवेदन दर्ता र सुनुवाइ, अभियोगपत्र दर्ता, चालु मुद्दाको मिलापत्र र फिर्ता जस्ता अत्यावश्यकीय सेवा भने नियमित सञ्चालनमा रहने अदालतले जनाएको छ ।

सेवा स्थगन भएको अवधिमा मुद्दा, रिट तथा निवेदनहरूमा रहेका हदम्याद, म्याद र तारेख भने नगुज्रने अदालतले स्पष्ट पारेको छ । गत आइतबारदेखि मालपोत कार्यालयको सेवा पनि प्रभावित छ । चार कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको र अन्य कर्मचारीमा मिल्दाजुल्दा लक्षण देखिएर घरमै एकान्तबासमा बसेकाले अत्यावश्यकबाहेकका सेवा बन्द गर्नुपरेको मालपोत अधिकृत देवेन्द्रबहादुर थापाले बताए ।

सेवाग्राहीको भीडभाड हुने जिल्ला प्रशासन, अदालत, मालपोत, नापी, यातायातजस्ता सरकारी कार्यालयमा सङ्क्रमणको जोखिम बढी छ । सार्वजनिक सेवा प्रवाहलाई व्यवस्थित र सुरक्षित बनाउन जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रले नयाँ नियम तोकेको छ । बढ्दो सङ्क्रमणलाई दृष्टिगत गरी जिल्ला प्रशासन, मालपोत र नापी कार्यालयले अबदेखि स्थानीय तहअनुसार दिन बाँडेर सेवा दिन थालेका छन् । बैंक तथा वित्तीय संस्थासहित सबै सार्वजनिक निकायबाट सेवा लिन १८ वर्ष उमेर पुगेका व्यक्तिलाई खोप कार्ड अनिवार्य गरिएको छ ।

स्वास्थ्य कार्यालयको आँकडाअनुसार जिल्लामा हाल ५४१ कोरोनाका सक्रिय सङ्क्रमित छन् । पछिल्ला दिनमा सङ्क्रमितको स्ख्या बढ्दो क्रममा छ । बिहीबार मात्र ८८ जनामा कोरोना पुष्टि भएको कार्यालयका कोभिड–१९ स्रोत व्यक्ति देवप्रकाश घिमिरेले जानकारी दिए।

प्रकाशित मिति : १४ माघ २०७८, शुक्रबार  ११ : ३२ बजे

पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह

काठमाडौं– नेपाली कांग्रेसले विभिन्न कारणले पार्टीमा निष्क्रिय रहेका र पार्टी

चीनको व्यावसायिक रकेट कार्यक्रम अगाडि बढ्दै

एजेन्सी– चीनको ‘लङ मार्च–१२बी’ रकेटले शुक्रबार दिउँसो परीक्षण सफलतापूर्वक सम्पन्न

काभ्रेपलाञ्चोकका किसान मल्चिङ विधिबाट कफीखेती गर्दै

धुलिखेल– आम्दानीको मुख्य स्रोत कफीखेतीलाई बनाउँदै आएका काभ्रेपलाञ्चोकका महाभारत गाउँपालिकाका

संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड

काठमाडौं– पूर्वराष्ट्रपति रामवरण यादवले नेपालको संविधान उत्कृष्ट रहेको बताउँदै त्यसको

महोत्तरीमा चार लाख ३१ हजार मतदाता कायम

जलेश्वर– जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावली अद्यावधिक गरेको छ ।