भन्सारले अधिग्रहण गरेको जग्गाको मुआब्जा माग « Khabarhub

भन्सारले अधिग्रहण गरेको जग्गाको मुआब्जा माग


१४ माघ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा – दुई वर्षअघि भन्सार कार्यालयका लागि अधिग्रहण गरिएको सर्वसाधारणको नौ बिघा निजी जग्गाको मुआब्जा सरकारले नदिएको भन्दै भद्रपुरका राजनीतिक दल आन्दोलनमा उत्रिएका छन् ।

भद्रपुर नगरपालिका–५ का १०६ कित्तामा बसोबास गर्दै आएका ३० परिवारको नौ बिघा जग्गा भद्रपुर भन्सार कार्यालयका लागि विसं २०७६ वैशाख १७ गते सरकारले अधिग्रहण गर्ने निर्णय गरेको थियो । अधिग्रहणमा परेको जग्गाको मुआब्जा माग गर्दा सरकारले अहिलेसम्म नदिएको हुँदा सर्वदलीय समिति गठन गरेर पीडितको न्यायका लागि आन्दोलनमा उत्रिनुपरेको वडाध्यक्ष बन्धु कार्कीले बताए ।

वडाध्यक्ष कार्कीकै संयोजकत्वमा सर्वदलीय सङ्घर्ष समिति गठन गरिएको छ । त्यसको सदस्यमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राप्रपालगायत राजनीतिक दलका नगर नेता रहेका छन् । सरकारले भद्रपुरको छोटी भन्सार कार्यालयलाई स्तरोन्नति गरी मूल भन्सार कार्यालय बनाउने निर्णय गरेपछि आवश्यक संरचना निर्माणका लागि सर्वसाधारणको जग्गा अधिग्रहण गरेको थियो ।

वडाध्यक्ष कार्कीले मुआब्जा प्रक्रिया जग्गाको मूल्याङ्कनमा पुगेर अड्किएको बुझिएको बताए । लामो अवधिसम्म मुआब्जा नदिँदा पीडितहरु सुकुम्बासी बन्न बाध्य भएको उनको भनाइ छ । सो जग्गा भन्सार कार्यालय प्रयोजनका लागि अधिग्रहण गरिएको सूचना २०७७ साउन २७ गते राष्ट्रियस्तरको पत्रिकामा समेत प्रकाशन गरिएको थियो । हाल भूमि सुधार तथा मालपोत कार्यालय भद्रपुरले सो जग्गा रोक्का राखेको छ ।

प्रकाशित मिति : १४ माघ २०७८, शुक्रबार  ११ : ५३ बजे

राहुघाटको सुरुङ प्रभावितलाई क्षतिपूर्ति वितरणमा ढिलाइ

म्याग्दी – नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरले म्याग्दीमा

तनहुँमा ‘डिएनए’ नमूना उपलब्ध गराउन आग्रह

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइने

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा गएको बाढीमा परी अकालमा ज्यान

लन्डन डर्बीमा आर्सनलको पुनरागमन जित : चेल्सी २-१ ले पराजित

लन्डन – नयाँ स्ट्राइकर नभए पनि साबिक विजेता आर्सनलको लयमा

कर्णाली राजमार्ग अवरुद्ध हुँदा पीडामा स्याउ व्यापारी

कर्णाली – यतिबेला जुम्ला, मुगु तथा हुम्लामा उत्पादित स्याउ निर्यातको