दुई सय जना कुष्ठरोगीलाई न्यानो कपडा र स्वास्थ्य सामग्री « Khabarhub

दुई सय जना कुष्ठरोगीलाई न्यानो कपडा र स्वास्थ्य सामग्री


१४ माघ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल पर्वतारोहण सङ्घले दुई सय जना कुष्ठ रोग बिरामीलाई न्यानो कपडा र स्वास्थ्य सामग्री वितरण गरेको छ ।

जापानको द निप्पोन फाउन्डेसनको आर्थिक सहयोगमा सञ्चालन गरिरहेको परियोजनाअन्तर्गत दक्षिणकाली नगरपालिका–२ स्थित खोकना आरोग्य आश्रममा रहेका बिरामीलाई सहयोग गरिएको हो ।

नेपाल पर्वतारोहण सङ्घका प्रमुख कार्यकारी अधिकृत कुलप्रसाद राईले आश्रममा रहेको बिरामीलाई ज्याकेट, ब्लाङ्केट, स्यानिटाइजर, डिट्टोल साबुन र मास्क वितरण गरिएको जानकारी दिए ।

दक्षिणकाली नगरपालिका–२ का वडाध्यक्ष रामचन्द्र क्षेत्री, नेपाल कुष्ठरोग निवारण सङ्घका प्रशासकीय अधिकृत जीतबहादुर हमाल र नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष सन्तवीर लामालगायत सङ्घका पदाधिकारीहरुले कपडा र स्वास्थ्य सामग्री वितरण गरेका थिए ।

सहयोग प्राप्त गरेपछि क्याम्पमा आश्रितले खुसी व्यक्त गरे । फाउन्डेसन र सङ्घले कुष्ठ प्रभावितलाई निरन्तर सहयोग गरेकामा बिरामी उमाप्रसाद तिवारीले धन्यवाद दिए। सङ्घका अध्यक्ष लामाले ‘द निप्पोन फाउन्डेसनको सहयोगले जाडो मौसममा केही सहयोग पुर्‍याउने ध्येयले कुष्ठ प्रभावितलाई सामग्री वितरण गरेको जानकारी दिए ।

जुममार्फत कार्यक्रममा सहभागी भएका फाउन्डेसनका वरिष्ठ निर्देशक सेको मासातोले पनि सहयोग महत्वपूर्ण हुने बताए ।

प्रकाशित मिति : १४ माघ २०७८, शुक्रबार  १२ : ०९ बजे

मधेस विश्वविद्यालयद्वारा तीनवटा शैक्षिक कार्यक्रम विस्तार

जनकपुरधाम– मधेस विश्वविद्यालयले थप तीनवटा शैक्षिक कार्यक्रम विस्तार गरेको छ

हुम्लामा हिमपात, जनजीवन प्रभावित

हुम्ला– हुम्लामा गए रातिदेखि अचानक वर्षा र हिमपात सुरु भएपछि

बझाङी ठट्यौलीदेखि राष्ट्रिय मञ्चसम्म, सन्तोषको कमेडी यात्राले खिच्दै छ ध्यान

कुनै समय गाउँको सानो मेला, स्थानीय पर्व र सांस्कृतिक कार्यक्रम।

यूईएफए नेसन्स लिगमा चेकियाविरुद्ध इंग्ल्याण्डको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा चेकियाविरुद्ध इंग्ल्याण्डले सहज जित निकालेको छ

एनपीएलको तयारी अन्तिम चरणमा, त्रिवि मैदानको स्तरोन्नति तीव्र (तस्बिरहरू)

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै गर्दा