मुग्लिङ पोखरा सडक विस्तार : तनहुँ खण्डमा धमाधम रुख कटान | Khabarhub Khabarhub

मुग्लिङ पोखरा सडक विस्तार : तनहुँ खण्डमा धमाधम रुख कटान


१४ माघ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दमौली – मुग्लिङ पोखरा सडक विस्तार योजना अन्तर्गत तनहुँ खण्डमा धमाधम रुख कटान भइरहेको छ । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँ खण्डमा सडकका दायाँबायाँ रहेका रुख कटानलाई तीव्र पारिएको हो ।

मुग्लिङ पोखरा सडक चार लेन बनाउने योजना अन्तर्गत सडक क्षेत्रभित्र पर्ने रुख हटाउन थालिएको मुग्लिङ पोखरा सडक योजना (पूर्वी खण्ड) का प्रमुख नरेन्द्र सुवेदीले जानकारी दिए । ‘पूर्वी खण्ड अन्तर्गत जामुनेदेखि आँबुखैरेनीसम्म करिब ५० प्रतिशत रुख काटिसकिएको छ,’ उनले भने, ‘रुख कटान सकिएलगत्तै बाँकी कामलाई पनि अगाडी बढाउँछौ ।’ उनका अनुसार आयोजनाले बाटो चौडा गर्ने कामलाई पनि अगाडी बढाइरहेको छ ।

जामुनेदेखि पोखरासम्मको खण्डमा तीन हजार एक ६३ रुख कटान गर्नुपर्नेमा हालसम्म एक हजार आठ सय रुख कटान गरिएको छ । पश्चिम खण्डको ठेक्का सम्झौता केही पछि भएकाले यस खण्डमा काम सुरु गर्न केही ढिलाइ भएको थियो । रुख कटानपछि बिजुलीका पोल स्थानान्तरण र घर टहरा हटाउन सुरु गरिने बताइएको छ ।

सडक विस्तारका क्रममा तनहुँ खण्डमा ६ हजार सात सय ५० रुख हटाउनुपर्ने हुन्छ । सडक आयोजनाले रुख काटेर वन कार्यालयलाई बुझाउने डिभिजन वन कार्यालयका सहायक वन अधिकृत काशीराज पण्डितले जानकारी दिए।

सो सडक विस्तार योजनालाई दुई खण्डमा विभाजन गरेर अगाडी बढाइएको छ । जामुनेदेखि आँबुखैरेनीसम्म र जामुनेदेखि पोखरासम्म खण्डमा विभाजन गरी ठेक्का लगाइएको छ ।

विसं २०२६ सालमा रेखाङ्कन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैङ्क (एडीबी)को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो । असी किलोमिटर सडकलाई दुई खण्डमा विभाजन गरेर ठेक्का लगाइएको छ । आँबुखैरेनी–जामुने पूर्वी खण्डको ४१.४५ किलोमिटर सडक स्तरोन्नतिको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ । जामुने–पोखरा पश्चिम खण्डको ३९ किलोमिटरको ठेक्का चिनियाँ कम्पनी यनहुइ काइयुआन हाइवे एन्ड ब्रिज कम्पनीले पाएको छ । आँबुखैरेनी–जामुने पूर्वी खण्डका लागि रु छ अर्ब २१ करोड ३१ लाख १३ हजारमा ठेक्का लागेको छ ।

मुग्लिन पोखरा सडक योजना पश्चिम (जामुने–पोखरा) खण्डको ठेक्का पाएको यनहुइ काइयुयान हाइवे एन्ड ब्रिज कन्सट्रक्सनले पाएको छ । यस खण्डका लागि रु सात अर्ब ४० करोड ४६ लाखमा ठेक्का लागेको छ ।

चार लेनको बन्दा सडक सीमा दुईतर्फी २५-२५ मिटर हुनेछ । बाक्लो बस्ती भएका स्थानमा ४१ मिटर चौडाईको सडक बन्नेछ । डिजाईन अनुसार तनहुँको दमौली र डुम्रे बजारमा ४१ मिटरको सडक बन्नेछ । दुलेगौडादेखि खैरेनीटार बजारसम्म, कोत्रे बजार क्षेत्र र कास्कीको गगनगौडादेखि पोखरासम्म सडकको चौडाई ४६ मिटरको हुनेछ ।

सडक चार लेनको बन्दा अहिले भएका पुलको ठाउँमा नयाँ पुल बन्नेछ । आँबुखैरेनीदेखि पोखरासम्मको ८० किलोमिटर दूरीमा सडक चार लेन भएसँगै ३१ नयाँ मोटरेबल पुल निर्माण गर्नुपर्ने आयोजनाले जनाएको छ । ३१ मध्ये दमौलीस्थित मादी नदी र पोखरास्थिती सेती नदीमा पुल निर्माणको ठेक्का लगाउन बाँकी रहेको छ । अन्य २९ पुल दुई प्याकेजमा लगाइएको ठेक्का अन्तर्गत नै निर्माण हुनेछ ।

प्रकाशित मिति : १४ माघ २०७८, शुक्रबार  १२ : १५ बजे

साउनमा धार्मिक आस्था र श्रृङ्गारको रौनक

धरान– धरान उपमहानगरपालिका–१४ की रमा नेपाली बिहीबार बिहानै हरियो चुरा

पश्चिम नवलपरासीमा लम्पीस्किन सङ्क्रमण फैलिँदै

नवलपरासी– बर्दघाट सुस्ता पश्चिम नवलपरासीमा ३४ पशुचौपायामा लम्पीस्किनको सङ्क्रमण देखिएको छ

राष्ट्रिय डेङ्गी सचेतना अभियान सुरु 

काठमाडौं– सरकारले घोषणा गरेको राष्ट्रिय डेङ्गी सचेतना अभियान बिहीबारदेखि सुरु

हत्या गरेको आरोपमा एक जना पक्राउ

इलाम– माईजोगमाई गाउँपालिका-२ तारसिंङ गाउँ बस्ने २१ वर्षीय प्रकाश चापागाईको हत्या गरेको

धारापानीमा जलवायुमैत्री कृषि प्रवर्द्धन कार्यक्रम

म्याग्दी– जिल्लाको धवलागिरि गाउँपालिका-७ धारापानीमा जलवायुमैत्री कृषि प्रवर्द्धन कार्यक्रम सुरु