एघार वर्षपछि सुनील र सञ्जयकाे सहकार्य | Khabarhub Khabarhub

एघार वर्षपछि सुनील र सञ्जयकाे सहकार्य


१४ माघ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(दैनिक भास्कर)–बलिउड अभिनेता सञ्जय दत्त चाँडै नै समीर कार्णिकको कमेडी अनटाइटल फिल्ममा देखिँदैछन् । यो फिल्ममा उनी अभिनेता सुनील शेट्टीसँग प्रमुख भूमिकामा रहनेछन् । यो जोडी पछिल्लोपटक ११ वर्ष अघि फिल्म ‘नो प्रोब्लम’मा देखिएका थिए ।

सञ्जय र सुनीलको अभिनय रहने फिल्ममा ‘यमला पगला दिवाना’ निर्देशक समीर कार्णिकको निर्देशन रहनेछ । फिल्ममा इशा गुप्ता, जायद खान, सौरभ शुक्ला र जावेद जाफरीको पनि अभिनय रहनेछ । फिल्मको छायांकन उत्तर भारतमा गरिनेछ ।

समाचारअनुसार फिल्ममा सञ्जय कलाकारसँगै निर्माता पनि रहनेछन् । हाल फिल्मको प्री–प्रोडक्सनको काम जारी छ र यही गर्मी सिजनमा फिल्म फ्लोरमा जानेछ । फिल्म पञ्जाबमा सुटिङ गरिने भनिए पनि हालका लागि सुटिङ लोकेसन लक गरिएको छैन ।

सञ्जय र सुनील ‘रुद्राक्ष’, ‘रक्त’, ‘कांटे’, ‘शूटआउट एट लोखण्डवाला’, ‘अनर्थ’ जस्ता फिल्ममा देखिइसकेका छन् । सञ्जय फिल्म ‘पृथ्वीराज’, ‘केजीएफ २’ जस्ता फिल्ममा देखिँदैछन् । सुनील अघिल्लो वर्ष फिल्म ‘मुम्बई सागा’मा देखिएका थिए । उनी सन् २०२२ मा तमिल हिन्दी फिल्म ‘घनी’मा देखिँदैछन् ।

प्रकाशित मिति : १४ माघ २०७८, शुक्रबार  १२ : ३८ बजे

फिल्म ‘ईश्वर’को नयाँ पोस्टर सार्वजनिक

काठमाडौं- साउन ११ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘ईश्वर’को नयाँ पोस्टर

बजेट स्वागतयोग्य : अध्यक्ष ढकाल

काठमाडौं– अर्थमन्त्री वर्षमान पुनद्वारा आज प्रस्तुत बजेटमा नेपाल उद्योग वाणिज्य

अध्यक्ष चन्द्र ढकालको प्रतिक्रिया : आर्थिक विकासका लागि बजेट सकारात्मक

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले ल्याएको

आजका समाचार : आगामी वर्षलाई १८ खर्बको बजेटदेखि सिरोहिया हेलिकप्टरबाट काठमाडौंसम्म 

सहकारी ठगी छानबिन गर्न सात सदस्यीय संसदीय समिति गठन सहकारी

राष्ट्रपति जलवायु परिवर्तन व्यवस्थापन कार्यक्रम सञ्चालन गरिने

काठमाडौं– सरकारले राष्ट्रपति जलवायु परिवर्तन व्यवस्थापन कार्यक्रम सञ्चालन गर्ने भएको