एघार वर्षपछि सुनील र सञ्जयकाे सहकार्य « Khabarhub

एघार वर्षपछि सुनील र सञ्जयकाे सहकार्य


१४ माघ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(दैनिक भास्कर)–बलिउड अभिनेता सञ्जय दत्त चाँडै नै समीर कार्णिकको कमेडी अनटाइटल फिल्ममा देखिँदैछन् । यो फिल्ममा उनी अभिनेता सुनील शेट्टीसँग प्रमुख भूमिकामा रहनेछन् । यो जोडी पछिल्लोपटक ११ वर्ष अघि फिल्म ‘नो प्रोब्लम’मा देखिएका थिए ।

सञ्जय र सुनीलको अभिनय रहने फिल्ममा ‘यमला पगला दिवाना’ निर्देशक समीर कार्णिकको निर्देशन रहनेछ । फिल्ममा इशा गुप्ता, जायद खान, सौरभ शुक्ला र जावेद जाफरीको पनि अभिनय रहनेछ । फिल्मको छायांकन उत्तर भारतमा गरिनेछ ।

समाचारअनुसार फिल्ममा सञ्जय कलाकारसँगै निर्माता पनि रहनेछन् । हाल फिल्मको प्री–प्रोडक्सनको काम जारी छ र यही गर्मी सिजनमा फिल्म फ्लोरमा जानेछ । फिल्म पञ्जाबमा सुटिङ गरिने भनिए पनि हालका लागि सुटिङ लोकेसन लक गरिएको छैन ।

सञ्जय र सुनील ‘रुद्राक्ष’, ‘रक्त’, ‘कांटे’, ‘शूटआउट एट लोखण्डवाला’, ‘अनर्थ’ जस्ता फिल्ममा देखिइसकेका छन् । सञ्जय फिल्म ‘पृथ्वीराज’, ‘केजीएफ २’ जस्ता फिल्ममा देखिँदैछन् । सुनील अघिल्लो वर्ष फिल्म ‘मुम्बई सागा’मा देखिएका थिए । उनी सन् २०२२ मा तमिल हिन्दी फिल्म ‘घनी’मा देखिँदैछन् ।

प्रकाशित मिति : १४ माघ २०७८, शुक्रबार  १२ : ३८ बजे

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइने

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा गएको बाढीमा परी अकालमा ज्यान

लन्डन डर्बीमा आर्सनलको पुनरागमन जित : चेल्सी २-१ ले पराजित

लन्डन – नयाँ स्ट्राइकर नभए पनि साबिक विजेता आर्सनलको लयमा

कर्णाली राजमार्ग अवरुद्ध हुँदा पीडामा स्याउ व्यापारी

कर्णाली – यतिबेला जुम्ला, मुगु तथा हुम्लामा उत्पादित स्याउ निर्यातको

आजको माैसम पूर्वानुमान : देशका केही ठाउँमा भारी वर्षा

काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको

रसुवामा ७८ प्रतिशत घरमा विद्युत् सेवा पुनः सञ्चालन

काठमाडौँ – भोटेकोशी बाढीका कारण विद्युत् पूर्वाधारमा क्षति पुगेपछि प्रभावित