दाङका कुकुरलाई बन्ध्याकरणसहित रेविजविरुद्धको खोप « Khabarhub

दाङका कुकुरलाई बन्ध्याकरणसहित रेविजविरुद्धको खोप


१४ माघ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ– जिल्लाका २ सय ७ कुकुरको बन्ध्याकरण गरी २ सय ७ लाई रेविजविरुद्धको खोप लगाइएको छ ।

निःशुल्क बन्ध्याकरण तथा खोप लगाइएकामध्ये ७४ घरपालुवा र १३३ वटा सडक कुकुर रहेका बताइएको छ । घोराही उपमहानगरपालिका पशुुसेवा शाखाको आयोजना तथा भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र दाङको प्राविधिक सहयोगमा सो कार्यक्रम भएको हो ।

आइतबारदेखि बिहीबारसम्ममा गरी उक्त संख्याका कुकुरलाई निःशुल्क बन्ध्याकरणसहित खोप लगाइएको पशुसेवा शाखाका प्रमुख जीवराज पौडेलले बताए । त्यसक्रममा आयोजित कार्यक्रमका वक्ताहरुले रेविजलगायत अन्य प्राणघातक रोगबाट नागरिकलाई जोगाउन यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताए ।

घोराही बजार क्षेत्रमा केही दिनअघि ३५ जना बढी व्यक्तिलाई बौलाह कुुकुरले टोकेपछि उक्त अभियान सञ्चालन गरिएको थियो । त्यस्तै, कुकुरले टोकेका मानिसका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रेविजविरुद्ध निःशुल्क खोपको व्यवस्था गरिएको पशुसेवा शाखाले जनाएको छ ।

प्रकाशित मिति : १४ माघ २०७८, शुक्रबार  १ : ०७ बजे

संविधान जोगाउन भूमिका खेलेका राष्ट्रपतिले निर्वाचनपछि सन्तोषको श्वास फेरे

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा सदस्यको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न

बाजुरामा मतपेटीका सङ्कलन जारी

काठमाडौं- आज सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा बाजुरामा कुल मतदाता सङ्ख्याको

रुस र युक्रेनबीच ५०० युद्धबन्दी आदानप्रदान गर्ने सहमति

मस्को- रुस र युक्रेनबीच युद्धबन्दीहरूलाई मुक्त गरी आदानप्रदान गर्ने महत्त्वपूर्ण

सकंटबाट निकालेर सुशीलाले दिलाइन् लोकतन्त्र र देशलाई जित

काठमाडौं- गत भदौ २३ र २४ गते भएको युवा पुस्ताको

लोकतन्त्रप्रतिको निष्ठा र अटल प्रतिबद्धता बलियो रूपमा अभिव्यक्त भएको छ : सभापति थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले लोकतन्त्रप्रतिको निष्ठा र अटल