दाङका कुकुरलाई बन्ध्याकरणसहित रेविजविरुद्धको खोप « Khabarhub

दाङका कुकुरलाई बन्ध्याकरणसहित रेविजविरुद्धको खोप


१४ माघ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ– जिल्लाका २ सय ७ कुकुरको बन्ध्याकरण गरी २ सय ७ लाई रेविजविरुद्धको खोप लगाइएको छ ।

निःशुल्क बन्ध्याकरण तथा खोप लगाइएकामध्ये ७४ घरपालुवा र १३३ वटा सडक कुकुर रहेका बताइएको छ । घोराही उपमहानगरपालिका पशुुसेवा शाखाको आयोजना तथा भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र दाङको प्राविधिक सहयोगमा सो कार्यक्रम भएको हो ।

आइतबारदेखि बिहीबारसम्ममा गरी उक्त संख्याका कुकुरलाई निःशुल्क बन्ध्याकरणसहित खोप लगाइएको पशुसेवा शाखाका प्रमुख जीवराज पौडेलले बताए । त्यसक्रममा आयोजित कार्यक्रमका वक्ताहरुले रेविजलगायत अन्य प्राणघातक रोगबाट नागरिकलाई जोगाउन यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताए ।

घोराही बजार क्षेत्रमा केही दिनअघि ३५ जना बढी व्यक्तिलाई बौलाह कुुकुरले टोकेपछि उक्त अभियान सञ्चालन गरिएको थियो । त्यस्तै, कुकुरले टोकेका मानिसका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रेविजविरुद्ध निःशुल्क खोपको व्यवस्था गरिएको पशुसेवा शाखाले जनाएको छ ।

प्रकाशित मिति : १४ माघ २०७८, शुक्रबार  १ : ०७ बजे

काभ्रेपलाञ्चोकका किसान मल्चिङ विधिबाट कफीखेती गर्दै

धुलिखेल– आम्दानीको मुख्य स्रोत कफीखेतीलाई बनाउँदै आएका काभ्रेपलाञ्चोकका महाभारत गाउँपालिकाका

संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड

काठमाडौं– पूर्वराष्ट्रपति रामवरण यादवले नेपालको संविधान उत्कृष्ट रहेको बताउँदै त्यसको

महोत्तरीमा चार लाख ३१ हजार मतदाता कायम

जलेश्वर– जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावली अद्यावधिक गरेको छ ।

जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो

एजेन्सी – ऊर्जा मूल्यमा आएको गिरावट र खाद्य पदार्थको मूल्य

‘महाधिवेशनको निर्णय एकता र विजयको प्रतीक’

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले विशेष महाधिवेशनका निर्णयहरू संविधान,