अर्थतन्त्रलाई सुदृढ बनाउन भारतले ल्यायो विभिन्न कार्यक्रम | Khabarhub Khabarhub

अर्थतन्त्रलाई सुदृढ बनाउन भारतले ल्यायो विभिन्न कार्यक्रम


१४ माघ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली–भारतले आफ्नो लोककल्याणकारी कार्यक्रम र आर्थिक पुनर्रुत्थानका माध्यमबाट नागरिक सशक्तिकरण गराउने र व्यवसायका लागि उपयुक्त वातावारण निमार्ण गर्ने विश्वास गरिएको छ । कोरोना महामारीपछि थला परेको अर्थतन्त्रलाई सुदृढ बनाउन भारत सरकारले विभिन्न कार्यक्रमहरु ल्याएको छ।

साउदी पत्रिकामा प्रकाशित समाचार अनुसार भारत सरकारले व्यवसाय सुरु गर्न चाहने उद्यमीहरुलाई पनि लगानी उपलब्ध गराउने भएको छ । भारत सरकारले आफ्नो आर्थतन्त्र सुधारका लागि आर्थिक वृद्धि तथा पुनरुत्थान रणनीति अपनाएको साउदी गजेटले जनाएको छ ।

साउदी गजेटले भारतको वर्तमान सरकारले अर्थतन्त्रका विभिन्न प्यारामिटरमा उल्लेख्य सुधार ल्याएको जनाएको छ । विदेशी लगानीमा वृद्धि गर्नुका साथै सार्टटपहरुका लागि पनि लगानी उपलब्ध गराउने, व्यवसायीहरुका लागि सकारात्मक वातावरण निमार्ण गर्नेदेखि इज अफ डुइंग बिजनेसमा पनि सुधार गरिरहेको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारले गरिबको आर्थिक अवस्थामा सुधार ल्याउनका लागि कल्याणकारी योजनाहरु पनि ल्याइरहेको छ । प्रधानमन्त्री आवास योजना यही कार्यक्रमको एक हिस्सा भएको जनाएको छ । यस कार्यक्रमको मुल उद्देश्य ग्रामिण क्षेत्रमा रहेका गरिब तथा विपन्न वर्गलाई सुरक्षित आवासको सुनिश्चिता गर्नु रहेको छ ।

भारत सरकारले सन् २०२२ को अन्त्यसम्म हरेक भारतीयलाई सुरक्षित आवासको व्यवस्था गर्नका लागि यो कार्यक्रम लागु गरेको जनाइएको छ ।

प्रकाशित मिति : १४ माघ २०७८, शुक्रबार  २ : १० बजे

एसईई परीक्षाको नतिजा प्रकाशित

काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा

बञ्चरोले हानेर भाइको हत्या आरोपमा दाइ पक्राउ

अर्घाखाँची– अर्घाखाँचीमा बञ्चरो प्रहार गरी सहोदर दाइले भाइको हत्या गरेका

नेतन्याहूलाई संकट : अदालतले भ्रष्टाचारका तीनवटा मुद्दाको सुनुवाइ स्थगन गर्न मानेन

तेलअभिभ- इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले आफ्नो भ्रष्टाचारसम्बन्धी मुद्दामा सुनुवाइ केही

नेपालमा ३० हजारभन्दा बढी एचआईभी संक्रमित, अन्तर्राष्ट्रिय प्रतिबद्धता पूरा गर्न चुनौती

काठमाडौं– नेपालमा एचआइभी संक्रमितको अनुमानित संख्या ३० हजारभन्दा बढी रहेको

एकीकृत समाजवादीको निष्कर्ष- माधव नेपालले दुवै पदबाट राजीनामा दिनुपर्दैन

काठमाडौं- नेकपा (एकीकृत समाजवादी) पार्टीले भ्रष्टाचार मुद्दा खेपिरहेका अध्यक्ष माधवकुमार