मध्यराति वडा कार्यालय र विद्यालयमा तोडफोड « Khabarhub

मध्यराति वडा कार्यालय र विद्यालयमा तोडफोड


१४ माघ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ– खोटाङको ऐसेलुखर्क गाउँपालिका–३ वडा कार्यालय र त्रिभुवन माबिको कार्यालय तोडफोड भएको छ । बिहीबार राति वडा कार्यालय ऐसेलुखर्क र त्रिभुवन माविको कार्यालय तोडफोड भएको हो । वडा कार्यालय र विद्यालय तोडफोड गर्नेको पहिचान हुन सकेको छैन ।

वडा कार्यालयको घेराबारको तालाचाबी, अध्यक्षको कार्यकक्ष, वडा सचिवको कोठा र सभाहलको चाबी तोडिएको छ । ढोका फोडेर भित्र प्रवेश गरेर कार्यालयभित्रका सबै घर्रा खोलेको पाइएको छ । क्षतिको बारेमा अनुसन्धान भइरहेको वडाध्यक्ष राजेशकुमार राजभण्डारीले बताए । वडा कार्यालयले थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय ऐसेलुखर्कमा उजुरी दिएको छ ।

विद्यालयको मूल ढोका र तीनवटा दराजको चाबी तोडफोड गरिएको छ । अन्य दराजमा खोजतलास गरेको कागजात असरल्ल अवस्थामा फेला परेको विव्यास अध्यक्ष टेकेन्द्र राजभण्डारीले बताए । वडा कार्यालय र विद्यालय तोडफोड भएको विषयमा इलाका प्रहरी कार्यालय, वडाध्यक्ष, स्थानीय बुद्धिजीवीलगायतको उपस्थितिमा सर्जमिन मुचुल्का उठाइएको छ ।

प्रकाशित मिति : १४ माघ २०७८, शुक्रबार  २ : ५५ बजे

नेपाली मूलका नागरिकका लागि विमानस्थलमा अलग्गै डेस्क राखिने

काठमाडौँ– विश्वमा छरिएर रहेका नेपाली मूलका नागरिक एवं गैर आवासीय

सडक छेउका टहरा भत्काउन दरवाङवासी अग्रसर

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङका बासिन्दाले सडक विस्तार गर्न स्वस्फूर्त

सिटीले उचाल्यो काराबाओ कपको उपाधि

काठमाडौँ – म्यानचेस्टर सिटीले काराबाओ कपको उपाधि उचालेको छ ।

नौ तले गुफाको प्रवर्द्धन गर्दै भिमाद नगरपालिका

गण्डकी– सुन्दा पनि अचम्म लाग्न सक्छ । तनहुँको भिमाद नगरपालिका–९

अनुगमनमा कैफियत भेटिएपछि एक कम्पनीलाई जरिवाना

काठमाडौँ– नियमित रूपमा बजार अनुगमन तथा निरीक्षण गर्दै आएको वाणिज्य,