विचौलियालाई कार्यालयभित्र प्रवेश नदिन यातायातमन्त्रीको निर्देशन « Khabarhub

विचौलियालाई कार्यालयभित्र प्रवेश नदिन यातायातमन्त्रीको निर्देशन


१४ माघ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–वाग्मती प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री घनश्याम दाहालले बिचौलियालाई कार्यालयभित्र प्रवेश नदिन निर्देशन दिएका छन् ।

शुक्रबार यातायात व्यवस्था कार्यालय गुर्जुधाराको अनुगमन गर्दै उनले कर्मचारीले नै बिचौलियालाई कार्यालय प्रवेशमा रोक लगाए जनताको सास्ती हट्ने समेत बताए ।

छिटो काम गर्नका लागि सर्वसाधारणहरुले बाध्य भएर बिचौलियाको साहारा लिने गरेको भन्दै कार्यालयमा ढिलासुस्ती हटाउन निर्देशन दिए । उनले कार्यालयको व्यवस्थापनका साथै सुधारका लागि छिटै काम सुरु गर्ने स्पष्ट पारे । कागजी प्रणालीले गर्दा आएको समस्याको छिट्टै समाधान गरिने र यसका लागि अनलाइन प्रणालीको विकास गरिने उनको भनाई छ ।

प्रकाशित मिति : १४ माघ २०७८, शुक्रबार  ३ : ४० बजे

शिक्षकलाई स्थानीय भत्ता वितरण

भोजपुर– रामप्रसाद राई गाउँपालिकाले शिक्षकलाई प्रोत्साहन भत्ता प्रदान गर्न थालेको

भरतपुरको मुहार फेरेर बिदा लिँदै मेयर ‘रेनु दाहाल’

चितवन– नौ वर्षअघि भरतपुर महानगरपालिकाको प्रमुखमा निर्वाचन लड्न आउँदै गर्दा

कांग्रेसको देउवा समूहले गगनलाई सभापति स्वीकारेन, आइतबार सर्वोच्च जाने 

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले गगन थापालाई पार्टी सभापतिको

झापा–५ मा ओलीसँग बालेन भिड्न कस्सिँदा नेकपाले रञ्जितलाई अघि सर्‍याे 

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आगामी फागुन २१ मा

कांग्रेसको कमान्ड गगनले लिएपछि दुई कम्युनिस्ट संवादमा, चुनाव सार्ने विषयमा कुराकानी 

काठमाडौं– निर्वाचन आयोगले नेपाली कांग्रेसको अधिकारिकता गगन थापालाई दिएसँगै दुई