वडा सचिवसहित तीन जनाविरुद्ध भ्रष्टाचारसम्बन्धी मुद्दा दायर « Khabarhub

वडा सचिवसहित तीन जनाविरुद्ध भ्रष्टाचारसम्बन्धी मुद्दा दायर


१४ माघ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अख्तियारले नुवाकोट पञ्चकन्या गाउँपालिका–२ की वडा सचिव सरिता राउतसहित तीन जनामाथि भ्रष्टाचारसम्बन्धी मुद्दा दायर गरेको छ ।

शुक्रबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वडा सचिव राउत, कार्यालय सहयोगीद्वय रामकुमार गिरी र निलप्रसाद मिश्रविरुद्ध विषेश अदालतमा मुद्दा दायर गरेको हो । सार्वजनिक सम्पत्ति हानि नोक्सानी गरी भ्रष्टाचार गरेको भन्दै ५३ लाख १ हजार ८ सय ५६ रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरिएको छ ।

सामाजिक सुरक्षा भत्ता वितरणका लागि आएको रकम र विभिन्न शीर्षकबाट उठेको राजस्व रकम शंकास्पद रूपमा हराएको घटनामा परेको उजुरीमाथि अनुसन्धान हुँदा उनीहरूको बदनियत देखिएकाले आरोपपत्र दायर गरिएको अख्तियारका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले जनाए ।

उनीहरूमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा १८ र ३५९१० एवम् भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३६ बमोजिम विशेष अदालतमा आरोप पत्र दायर गरिएको छ ।

प्रकाशित मिति : १४ माघ २०७८, शुक्रबार  ३ : ३५ बजे

नारायणी नदीको बाढी : एक हजार १५० मिटर तटबन्धमा क्षति

चितवन– नारायणी नदीमा आएको बाढीका कारण चितवनतर्फ नदीकिनारमा बनाइएको एक

यूईएफए नेसन्स लिग : स्पेन क्वाटरफाइनलमा प्रवेश

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा स्पेन क्वाटरफाइनलमा प्रवेश गरेको छ

यी भूभागमा चट्याङसहित मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेस महाधिवेशन : उम्मेदवारहरूको नामावली सार्वजनिक (सूचीसहित)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी

बाढीले बेनी–दरवाङ सडक कटान, दुखुबेँसीबस्ती जोखिममा

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–६ बालौटेमा म्याग्दी नदीको बाढीले बेनी–दरवाङ सडक