संसदीय सुनुवाईका सम्बन्धमा विद्यमान कानुन परिमार्जन गर्नुपर्ने सुझाव « Khabarhub

संसदीय सुनुवाईका सम्बन्धमा विद्यमान कानुन परिमार्जन गर्नुपर्ने सुझाव


१४ माघ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सांसद्हरुले संसदीय सुनुवाईका सम्बन्धमा विद्यमान कानूनी व्यवस्थालाई आवश्यकता अनुसार परिमार्जन गर्नुपर्ने सुझाव दिएका छन् ।

सिंहदरबारमा आज बसेको संघीय संसद् अन्तर्गतको संसदीय सुनवाई समितिको बैठकमा संसदीय सुनवाई सम्बन्धमा कानूनी व्यवस्था एवं नेपाल कानून आयोगले तयार गरेको विधेयकका बारेमा भएको छलफलका क्रममा उनीहरूले समितिलाई गतिशील र प्रभावकारी बनाउन विद्यमान कानूनी व्यवस्थालाई आवश्यकता अनुसार परिमार्जन गर्नुपर्ने बताएका हुन् ।

बैठकमा सांसद् सुरेन्द्र पाण्डेले समितिमा हुनसक्ने दलीय हस्तक्षेपलाई रोक्ने गरी कानुन आउनुपर्ने बताए । समितिमा अनुमोदन वा नाम फिर्ताका विषयमा दुईतिहाइ वा बहुमतको व्यवस्था बारेमा पनि स्पष्ट हुनुपर्ने उनको भनाइ छ ।

सांसद् भीमसेनदान प्रधानले समितिमा दलीय ह्वीप प्रभावित हुँदा सही व्यक्ति चयन हुन नसक्ने देखिने भएकाले यसलाई ध्यान दिनुपर्ने बताए । त्यस्तै, सांसद देवप्रसाद गुरुङले समितिमा आएका सिफारिस गर्नुको विकल्प नदेखिएकाले समितिको प्रभावकारिता नदेखिएको बताए । समितिलाई प्रभावकारी बनाउने हो भने संघीय संसद् ऐनलाई संशोधन गर्नुपर्ने उनले बताए ।

बैठकमा नेपाल कानून आयोगका सचिव लीलादेवी निरौलाले सिफारिस भएका व्यक्तिहरूको अनुमोदनका क्रममा सम्बन्धित मन्त्रालयसँग अनुसन्धान गर्नेगरी कानून निर्माणसहितको प्रारम्भिक ड्राफ्ट तयार भएको बताइन् । उनले दुई तिहाईबाट अनुमोदन गर्ने विषयलाई पनि छलफलका लागि समावेश गरिएको जानकारी दिइन् ।

नेपाल कानून आयोगसँगको छलफलपछि समिति सभापति लक्ष्मणलाल कर्णले ड्राफ्टमा अन्तिम छलफल गर्ने र पास गर्ने अधिकार रहेको कानून समितिका सदस्यहरूले पनि छलफल गर्ने जानकारी दिए ।

प्रकाशित मिति : १४ माघ २०७८, शुक्रबार  ६ : ०७ बजे

एमाले महाधिवेशन : सुरु भयो मतदान

काठमाडौं– नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि

बुटवलमा औद्योगिक प्रदर्शनी बुधबारदेखि, तयारी पूरा

लुम्बिनी– रुपन्देहीमा हुने १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा

माथिल्लो मुस्ताङको घरदैलोमा स्वास्थ्य शिविर

मुस्ताङ– माथिल्लो मुस्ताङको सीमावर्ती गाउँको घरदैलोमै स्वास्थ्य शिविर सञ्चालन गरिएको

‘नेपालले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको कठोर नीति अवलम्बन गरेको छ’

काठमाडौं– नेपालले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको कठोर नीति अवलम्बन गरेको तथा

भीरबाट लडेर एक वृद्धाको मृत्यु

बैतडी– स्याउला काट्न गएकी बैतडीकी एक वृद्धाको भिरबाट लडेर मृत्यु