रात्रिकालीन व्यवसाय एक साताभित्र सञ्चालन गर्न नदिए आन्दोलन गर्ने चेतावनी « Khabarhub

रात्रिकालीन व्यवसाय एक साताभित्र सञ्चालन गर्न नदिए आन्दोलन गर्ने चेतावनी


१४ माघ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– रात्रिकालीन व्यावसायीहरूले एक हप्ताभित्र व्यवसाय सञ्चालन गर्न नदिए आन्दोलनमा उत्रने चेतावनी दिएका छन् ।

शुक्रबार रिपोर्टस् क्लबमा पत्रकार सम्मेलन गर्दै व्यवसायीहरूले स्वास्थ्य मापदण्ड अपनाएर सुरक्षित तरिकाले रात्रिकालीन व्यवसाय सञ्चालन गर्न नदिए १ लाख व्यवसायी र ३ लाख मजदुरसहित सडक संघर्षमा उत्रने चेतावनी दिएका हुन् ।

पत्रकार सम्मेलनमा रात्रिकालीन मनोरञ्जन व्यवसायी संघका अध्यक्ष आशिष खड्काले सरकारले तत्काल व्यवसाय सञ्चालन गर्न नदिए सडकमा उत्रन बाध्य हुने चेतावनी दिए । जिम्मेवार निकायमा पुग्दा आफूहरूले व्यवसाय तत्काल सञ्चालन गर्न पाउनेमा ढुक्क नभएकाले चेतावनी दिनुपरेको उनको भनाई छ ।

दोहोरी व्यवसायी संघका अध्यक्ष विनोद श्रेष्ठले रात्रिकालीन व्यवसाय बन्द हुँदा कामदारहरू बेरोजगार हुनुपरेको भन्दै सरकारले बिना अध्ययन नै यो व्यवसायलाई बन्द गराउँदा सञ्चालक मात्र नभएर त्यहाँ कार्यरत् श्रमिकहरू समेत मर्कामा परेको बताए ।

अर्का रात्री व्यवसायी केशरबहादुर बुढाथोकीले अन्य पेशा व्यवसाय भन्दा सबैभन्दा बढी मर्कामा पर्ने रात्रिकालीन व्यवसाय भएकाले सरकारले यो तत्कालै खुलाउन पहल गर्नपर्ने बताए ।

प्रकाशित मिति : १४ माघ २०७८, शुक्रबार  ६ : १९ बजे

कांग्रेस महाधिवेशन : उम्मेदवारहरूको नामावली सार्वजनिक

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी

बाढीले बेनी–दरवाङ सडक कटान, दुखुबेँसीबस्ती जोखिममा

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–६ बालौटेमा म्याग्दी नदीको बाढीले बेनी–दरवाङ सडक

भालुको पित्त र हात्तीको दाह्रासहित तीनजना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले संरक्षित वन्यजन्तु भालुको पित्त र हात्तीको दाह्रासहित

बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज बुधबार, श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २१ गते बुधबार सन् २०२६