रात्रिकालीन व्यवसाय एक साताभित्र सञ्चालन गर्न नदिए आन्दोलन गर्ने चेतावनी « Khabarhub

रात्रिकालीन व्यवसाय एक साताभित्र सञ्चालन गर्न नदिए आन्दोलन गर्ने चेतावनी


१४ माघ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– रात्रिकालीन व्यावसायीहरूले एक हप्ताभित्र व्यवसाय सञ्चालन गर्न नदिए आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।

शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै व्यावसायीहरूले स्वास्थ्य मापदण्ड अपनाएर सुरक्षित तरिकाले रात्रिकालीन व्यवसाय सञ्चालन गर्न नदिए १ लाख व्यवसायी र ३ लाख मजदुरसहित सडक सङ्घर्षमा उत्रिने चेतावनी दिएका हुन् ।

पत्रकार सम्मेलनमा रात्रिकालीन मनोरञ्जन व्यवसायी संघको अध्यक्ष आशिष खड्काले सरकारले तत्काल व्यवसाय सञ्चालन गर्न नदिए सडकमा उत्रिन बाध्य हुने चेतावनी दिए । जिम्मेवार निकायमा पुग्दा आफूहरूले व्यवसाय तत्काल सञ्चालन गर्न पाउनेमा ढुक्क नभएकाले चेतावनी दिनुपरेको उनको भनाइ छ ।

त्यस्तै, दोहोरी व्यवसायी संघको अध्यक्ष बिनोद श्रेष्ठले रात्रिकालीन व्यवसाय बन्द हुँदा कामदारहरू बेरोजगार हुनुपरेको भन्दै सरकारले अध्ययन नै नगरी यो व्यवसायलाई बन्द गराउँदा सञ्चालक मात्र नभएर कार्यरत श्रमिकहरूसमेत मर्कामा परेको बताए ।

अर्का रात्रि व्यवसायी केशरबहादुर बुढाथोकीले अन्य पेशा व्यवसायभन्दा बढी मर्कामा पर्ने रात्रिकालीन व्यवसाय भएकाले सरकारले यसलाई तत्कालै खुलाउन पहल गर्नपर्ने माग गरे ।

प्रकाशित मिति : १४ माघ २०७८, शुक्रबार  ६ : १८ बजे

प्रतिस्पर्धाबीच दलहरु संयम, झडप र गालीगलौज पनि चर्को सुनिएन !

काठमाडौं– विगतका संसदीय चुनावको तुलनामा यस पटकका कार्यक्रम तथा गतिविधिमा

मोरङ–६ मा शेखर कोइरालालाई विभिन्न दलले सघाउने

मोरङ– मोरङ क्षेत्र नं. ६ मा कांग्रेसका उम्मेदवार डा. शेखर कोइरालालाई

दल र उम्मेदवारका प्रचार सामग्री आज रातिदेखि सञ्चारमाध्यमबाट हटाउन अनुरोध

काठमाडौं– विज्ञापन बोर्डले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत राजनीतिक दल र

इरानको प्रत्याक्रणमा अर्का अमेरिकी सैनिकको मृत्यु, ज्यान गुमाउनेको संख्या ४ पुग्यो

कुवेत- संयुक्त अमेरिकी सेनाले इरानमाथि सुरु भएको अपरेशनदेखि हालसम्म चौथो

सुकुम्बासी बस्तीमा बालेनको डोजर आतंकले रास्वपालाई पार्न सक्छ समस्या

काठमाडौं- काठमाडौं महानगरपालिकाको मेयरका रुपमा काम गर्दा थापाथलीस्थित बागमती किनारसहिका