रात्रिकालीन व्यवसाय एक साताभित्र सञ्चालन गर्न नदिए आन्दोलन गर्ने चेतावनी « Khabarhub

रात्रिकालीन व्यवसाय एक साताभित्र सञ्चालन गर्न नदिए आन्दोलन गर्ने चेतावनी


१४ माघ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– रात्रिकालीन व्यावसायीहरूले एक हप्ताभित्र व्यवसाय सञ्चालन गर्न नदिए आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।

शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै व्यावसायीहरूले स्वास्थ्य मापदण्ड अपनाएर सुरक्षित तरिकाले रात्रिकालीन व्यवसाय सञ्चालन गर्न नदिए १ लाख व्यवसायी र ३ लाख मजदुरसहित सडक सङ्घर्षमा उत्रिने चेतावनी दिएका हुन् ।

पत्रकार सम्मेलनमा रात्रिकालीन मनोरञ्जन व्यवसायी संघको अध्यक्ष आशिष खड्काले सरकारले तत्काल व्यवसाय सञ्चालन गर्न नदिए सडकमा उत्रिन बाध्य हुने चेतावनी दिए । जिम्मेवार निकायमा पुग्दा आफूहरूले व्यवसाय तत्काल सञ्चालन गर्न पाउनेमा ढुक्क नभएकाले चेतावनी दिनुपरेको उनको भनाइ छ ।

त्यस्तै, दोहोरी व्यवसायी संघको अध्यक्ष बिनोद श्रेष्ठले रात्रिकालीन व्यवसाय बन्द हुँदा कामदारहरू बेरोजगार हुनुपरेको भन्दै सरकारले अध्ययन नै नगरी यो व्यवसायलाई बन्द गराउँदा सञ्चालक मात्र नभएर कार्यरत श्रमिकहरूसमेत मर्कामा परेको बताए ।

अर्का रात्रि व्यवसायी केशरबहादुर बुढाथोकीले अन्य पेशा व्यवसायभन्दा बढी मर्कामा पर्ने रात्रिकालीन व्यवसाय भएकाले सरकारले यसलाई तत्कालै खुलाउन पहल गर्नपर्ने माग गरे ।

प्रकाशित मिति : १४ माघ २०७८, शुक्रबार  ६ : १८ बजे

‘गाजामा बालबालिकालाई पढाइ सुनिश्चित गर्न सहयोग बढाऊँ’

एजेन्सी – संयुक्त राष्ट्र र गाजामा काम गर्ने सहयोगी संस्थाहरूले

मानसिक सन्तुलन गुमाएका युवकले गरे आफ्नै आमाको हत्या

भक्तपुर– मानसिक सन्तुलन गुमाएका मध्यपुरथिमि नगरपालिका–३ तेर्चाटारका २७ वर्षीय प्रवीण

गाजामा बालबालिकाको शिक्षा सुनिश्चित गर्न सहयोग बढाऊँ : संयुक्त राष्ट्र

संयुक्त राष्ट्र- संयुक्त राष्ट्र र गाजामा काम गर्ने सहयोगी संस्थाहरूले

काठमाडौं नगर पञ्चायतका पूर्वप्रधानपञ्च महर्जनको निधन

काठमाडौं– तत्कालीन काठमाडौँ नगर पञ्चायतका पूर्व प्रधानपञ्च रिनेन्द्रमान सिंह महर्जनको

‘पार्टीले आधिकारिकता पाइसक्यो, भिन्न मत राख्न जरुरी छैन’

काठमाडौं – नेपाली कांग्रेसले पार्टीभित्र एकता र सद्भाव कायम गर्दै