काठमाडौँ उपत्यकामा थपिए २९ सय ४० संक्रमित « Khabarhub

काठमाडौँ उपत्यकामा थपिए २९ सय ४० संक्रमित


१४ माघ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्र २९ सय ४० संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार काठमाडौँमा २१५३, ललितपुरमा ५१९ र भक्तपुरमा २६८ जना संक्रमित थपिएका हुन् । मन्त्रालयले काठमाडौँ उपत्यकासहित देशका २० जिल्लामा सक्रिय संक्रमण ५०० भन्दामाथि पुगेको जनाएको छ ।

शुक्रबारसम्म देशभर सक्रिय संक्रमितको संख्या ८ हजार ९ सय ४१ पुगेको मन्त्रालयको तथ्यांकले देखाएको छ । तथ्यांकअनुसार ८८ हजार ८४ जना होम आइसोलेसनमा छन् । १ हजार ८५७ जना संस्थागत आइसोलेसनमा छन् ।

२ सय ५६ जना आईसीयूमा उपचाररत छन् भने ४५ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १४ माघ २०७८, शुक्रबार  ६ : ३९ बजे

कांग्रेस महाधिवेशन : उम्मेदवारहरूको नामावली सार्वजनिक (सूचीसहित)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी

बाढीले बेनी–दरवाङ सडक कटान, दुखुबेँसीबस्ती जोखिममा

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–६ बालौटेमा म्याग्दी नदीको बाढीले बेनी–दरवाङ सडक

भालुको पित्त र हात्तीको दाह्रासहित तीनजना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले संरक्षित वन्यजन्तु भालुको पित्त र हात्तीको दाह्रासहित

बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज बुधबार, श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २१ गते बुधबार सन् २०२६