प्रदेश एकः मोरङमा सबैभन्दा बढी संक्रमण, दुई जनाको मृत्यु « Khabarhub

प्रदेश एकः मोरङमा सबैभन्दा बढी संक्रमण, दुई जनाको मृत्यु


१४ माघ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश–१ मा सबैभन्दा बढी मोरङमा १७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सो अवधिमा सुनसरीमा ८७, झापामा ६६, उदयपुरमा १५, इलाम र धनकुटामा छ÷छ, भोजपुरमा दुई, ताप्लेजुङ, संखुवासभा र खोटाङमा एक÷एक र प्रदेश बाहिरका २२ मा संक्रमण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । ८४१ को पीसीआर परीक्षण गर्दा ३८३ र ८१० को एन्टिजेन परीक्षण गर्दा ३१० मा कोरोना संक्रमण देखिएको हो ।

स्थानीय पालिकाका अनुसार सबैभन्दा बढी मोरङको विराटनगरमा १३५, सुनसरीको धरानमा ३७, इटहरीमा ३२, झापाको विर्तामोड र दमकमा १३÷१३ सहित अन्य पालिकामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

उक्त प्रदेशमा आजै १५१ महिलासहित ३२९ जना कोरोना संक्रमणमुक्त भएका छन् भने दुई महिलाको मृत्यु भएको छ । प्रदेशमा अझै सात हजार ४१६ सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १४ माघ २०७८, शुक्रबार  ७ : १७ बजे

भोटेकोशी बाढी : काभ्रेका स्थानीय तहद्वारा बेपत्ता नागरिकको विवरण माग

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकका स्थानीय तहले रसुवाको भोटेकोशीमा भदौ १० मा आएको

विराटनगरका लोकेशको अर्धशतक पूरा

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा विराटनगर किंग्स

चाडपर्वले चलायमान बन्दै अर्थतन्त्र, बजारमा बढ्यो किनमेल

धनुषा– दसैँ सकिएलगत्तै दीपावली, तिहार र छठ पर्व नजिकिएपछि मधेस

ट्रेन्ड र कन्टेन्टको अभाव पहिचान गर्न टिकटकको क्रिएटर इन्साइट्स विशेष फिचर

काठमाडौं– हामीमध्ये धेरैले कुनै न कुनै समयमा कन्टेन्ट क्रियट गर्ने

ग्रामीण पर्यटनको मुख्य आधार बन्दै घरबास

गुल्मी– स्थानीय परिकारको मौलिक स्वादसँगै गाउँको रहनसहन र परम्परागत कला–संस्कृतिको