भ्रष्टाचार आरोपी सिमेन्ट उद्योगको बचाउमा सिमेन्ट उत्पादन संघ | Khabarhub Khabarhub

भ्रष्टाचार आरोपी सिमेन्ट उद्योगको बचाउमा सिमेन्ट उत्पादन संघ


१४ माघ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सिमेन्ट उत्पादन संघले भ्रष्टाचारको आरोप लागेका ९ सिमेन्ट उद्योगको बचाउ गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत बुधबार ९ सिमेन्ट उद्योगसहित खानी तथा भूगर्भ विभागका रामप्रसादविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेपछि संघले शुक्रबार विज्ञप्ति जारी गरी ती उद्योगको बचाउ गरेको हो ।

अख्तियारले ९ वटा सिमेन्ट उद्योगले अनुमतिभन्दा बढी चुन ढुंगा उत्खनन् गरी राज्यलाई १ अर्ब २६ करोड रुपैयाँ नोक्सानी पुर्याएको आरोप लगाउँदै विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

संघले उद्योगहरुले अनुमतिपत्रमा तोकिएभन्दा वार्षिक परिमाणभन्दा केही थपघट उतखनन गरे पनि तोकिएका समयमा तोकिएभन्दा बढी परिमाण उत्खनन नगरेको दाबी गरेको छ । ‘प्रत्येक महिनामा उत्खनन् गरे अनुसारको परिमाणको रोयल्टी (शुल्क) अर्को महिनाको ७ सात गतेभित्र नै बुझाउनुपर्ने व्यवस्था भएअनुसार समयमै खानी तथा भूगर्भ विभागले उत्खनन् गरेको परिमाण अनुसारको रोयल्टी (शुल्क) समेत बुझिसकेको र स्थानीय निकायमा वुझाउनुपर्ने शुल्क समेत समयमा नै उद्योगहरुले बुझाई सकेका छन्,’ संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

संघले २०७२ भूकम्प र सोही वर्ष भारतले लगाएको नाकाबन्दीका कारण मुलुक आक्रान्त रहेको समयमा आर्थिक वर्ष ०७३÷७४ र ०७४÷७५ मा पुनर्निर्माण तथा अन्य विकास निर्माणका कार्यमा गति दिनका लागि थप सिमेन्टको आवश्यकता भएपछि उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालय र राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणवाट समेत उद्योगीहरुलाई पटक–पटक बोलाई यथाशक्य बढी उत्पादन गर्न अनुरोध भएपछि उद्योगहरुले आफ्नो क्षमताले भ्याएसम्म थप उत्पादन गर्न बढी चुनढुंगा उत्खनन् गरेको संघको विज्ञप्तिमा उल्लेख छ ।

हाल मुलुकभर करिब ६५ वटा सिमेन्ट उद्योग सञ्चालनमा छन् । जसमध्ये २१ वटा उद्योगले क्लिङकरमा आधारित छन् । हाल वार्षिक करिब २ खर्ब बराबरको सिमेन्ट निर्यात गर्न समेत स्वदेशी उद्योगहरु सक्षम रहेको संघको भनाइ छ ।

प्रकाशित मिति : १४ माघ २०७८, शुक्रबार  ७ : ३८ बजे

लिपुलेकबारे ओलीसँग सीले भने : नेपाल–भारत विवादमा हामी जोडिन चाहँदैनौँ

काठमाडौं– साङ्घाई सहयोग सङ्गठन (एससीओ) को सम्मेलनमा भाग लिन थ्यानचिन

सिद्धार्थ रङ्गशाला निर्माणका लागि बजेटको अभाव हुँदैनः उपप्रधानमन्त्री पौडेल

रुपन्देही – उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज भैरहवास्थित सिद्धार्थ

बेपत्ताहरूको खोजी प्रभावकारी रूपमा अघि बढाउन आग्रह गर्दछुः प्रचण्ड

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

आगामी निर्वाचनमा पार्टीलाई बहुमतमा पुर्‍याउँछौँः बामदेव गौतम

सुदूरपश्चिम – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का वरिष्ठ नेता बामदेव