नेपालप्रति आइएमएफको चासो « Khabarhub

नेपालप्रति आइएमएफको चासो


१४ माघ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले नेपालले तत्काल प्राथमिकता दिनुपर्ने सबैभन्दा महत्वपूर्ण क्षेत्र स्वास्थ्य भएको औंल्याएको छ । उसले नेपालले सामना गरिरहेको प्राकृतिक प्रकोपहरुसहितका जोखिमसँग जुध्नका लागि आवश्यक वित्तीय अनुशासनको सुनिश्चितताबारे कोषका अधिकारीहरु राम्रोसँग जानकार रहेको जनाएको छ ।

कोषको नेपालका लागि कार्यकारी निर्देशक रोजमेरी लिमसहितको संयुक्त वक्तव्यमा नेपालमा पनि हाल गहिरो स्वास्थ्य संकट कायमै रहेकाले अर्थतन्त्रको गतिसँगै जोखिममा रहेका समूहको रक्षा गर्न नेपाल चनाखो हुनुपर्ने उल्लेख छ ।

कोषले कोभिड–१९ का कारण नेपालको वित्तीय क्षेत्रमा पर्न सक्ने स्थायी प्रभावलाई पनि नजिकबाट अनुगमन गर्नुपर्ने आवश्यकताको पहिचान गरेको जनाएको छ । साथै कोषले राहत, पुनर्संरचना र पुनर्रुत्थानको सरकारको योजनामा सघाउने गरी नेपाललाई सहयोग गर्ने र यसका लागि नेपाल राष्ट्र बैंकले वित्तीय क्षेत्र नियमन तथा सुपरिवेक्षण क्षमता सुधार गर्नुपर्ने सुझाव दिएको छ ।

प्रकाशित मिति : १४ माघ २०७८, शुक्रबार  ७ : ५९ बजे

कांग्रेस महाधिवेशन : उम्मेदवारहरूको नामावली सार्वजनिक

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी

बाढीले बेनी–दरवाङ सडक कटान, दुखुबेँसीबस्ती जोखिममा

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–६ बालौटेमा म्याग्दी नदीको बाढीले बेनी–दरवाङ सडक

भालुको पित्त र हात्तीको दाह्रासहित तीनजना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले संरक्षित वन्यजन्तु भालुको पित्त र हात्तीको दाह्रासहित

बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज बुधबार, श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २१ गते बुधबार सन् २०२६