पुराना कर्मचारीबाट जनकपुरधामस्थित रेल्वे स्टेशन कार्यालयमा तालाबन्दी « Khabarhub

पुराना कर्मचारीबाट जनकपुरधामस्थित रेल्वे स्टेशन कार्यालयमा तालाबन्दी


१४ माघ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– रेल्वेका पुराना कर्मचारीहरूले जनकपुरधाम स्टेशनस्थित कार्यालयमा तालाबन्दी गरेका छन् । पुरानो रेल्वे कर्मचारी संघर्ष समितिको नेतृत्वमा पुराना कर्मचारीहरूले शुक्रबार कार्यालयमा तालाबन्दी गरेर प्रदर्शन गरेका हुन् ।

आफूहरूलाई नेपाल रेल्वेका महाप्रबन्धन निरञ्जन झाले बिनाकारण हटाएको भन्दै उनीहरूले पुनर्नियुक्तिको माग गर्दै आएका छन् । उनीहरूले हाल तालिम लिइरहेका ज्यालादारी कर्मचारीहरूको नियुक्ति बदर गर्न पनि माग गर्दै आएका छन् । नेपाल रेल्वेका महाप्रबन्धक झाले गैरकानुनी तरिकाले आफूहरूलाई हटाएर आफ्ना कार्यकर्ताहरूलाई गुपचुप तरिकाबाट तालिम दिइरहेको उनीहरूको आरोप छ ।

अहिलेको भर्ना बदर गरी आफूहरूलाई नियुक्त नगरेसम्म चरणबद्ध आन्दोलन जारी राख्ने समितिका संयोजक मञ्जय गोइतले चेतावनी दिए ।

रेल्वेका पुराना कर्मचारीलाई कामकाजमा खटाउने मन्त्रिपरिषद्को निर्णयबमोजिम तत्कालीन महाप्रबन्धक गुरु भट्टराईले २०७८ साल वैशाख ४ गतेबाट उनीहरूलाई ज्यालादारीमा नियुक्त गरेका थिए । वैशाख ८ गतेबाट उनीहरूलाई भारतबाट प्रशिक्षक मगाएर विशेष तालिम पनि दिइएको थियो ।

तर, नयाँ महाप्रबन्धक निरञ्जन झा आएपछि २०७८ साल भदौं १८ गते सूचना निकालेर उनीहरूको हाजिरी रोक्का गरिदिएका थिए । झाले रेल्वेका पुराना ६५ सहित १ सय ५१ जनाको हाजिरी रोक्का गरिदिएका थिए । तर, अहिले आएर ६१ जनालाई भर्ना गरी तालिम दिन सुरु गरिएपछि पुराना कर्मचारीहरू आन्दोलित भएका हुन् ।

प्रकाशित मिति : १४ माघ २०७८, शुक्रबार  ८ : १३ बजे

ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : ट्रम्प

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रीनल्याण्डको विषयमा अमेरिका समर्थक नहुने

शिक्षकलाई स्थानीय भत्ता वितरण

भोजपुर– रामप्रसाद राई गाउँपालिकाले शिक्षकलाई प्रोत्साहन भत्ता प्रदान गर्न थालेको

भरतपुरको मुहार फेरेर बिदा लिँदै मेयर ‘रेनु दाहाल’

चितवन– नौ वर्षअघि भरतपुर महानगरपालिकाको प्रमुखमा निर्वाचन लड्न आउँदै गर्दा

कांग्रेसको देउवा समूहले गगनलाई सभापति स्वीकारेन, आइतबार सर्वोच्च जाने 

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले गगन थापालाई पार्टी सभापतिको

झापा–५ मा ओलीसँग बालेन भिड्न कस्सिँदा नेकपाले रञ्जितलाई अघि सर्‍याे 

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आगामी फागुन २१ मा