नग्न तस्बिर र भिडियो सार्वजनिक गर्ने धम्की दिने युवक पक्राउ « Khabarhub

नग्न तस्बिर र भिडियो सार्वजनिक गर्ने धम्की दिने युवक पक्राउ


१४ माघ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– महिलाको नग्न तस्बिर र भिडियो सार्वजनिक गर्ने धम्की दिएको आरोपमा कास्की रुपा गाउँपालिका–७ सिस्नेरी का ३१ वर्षीय मुक्ति खनाल भन्ने मुक्तिनाथ खनाल पक्राउ परेका छन् ।

वैदेशिक रोजगारबाट फर्कने क्रममा उनलाई शुक्रबार महानगरीय प्रहरी विमानस्थल सुरक्षा कार्यालय एयरपोर्टको समन्वयमा साइबर ब्यूरोको टोलीले पक्राउ गरेको हो ।

प्रहरी प्रधान कार्यालयको साइबर ब्युरोले विज्ञप्ति जारी गरेर दिएको जानकारीअनुसार वैदेशिक रोजगारमा रहँदा सामाजिक सञ्जाल फेसबुकमार्फत ललाइफकाई, धाक धम्की डर त्रास र प्रलोभनमा पारेर पीडित महिलाको लिएको नग्न तस्बिर र भिडियो सार्वजनिक गरी दिने भनि धम्की दिएको आरोपमा उनलाई पक्राउ गरेको हो ।

उनीमाथि विद्युतीय कारोवार ऐन, २०६३ अन्तर्गतको कसुरमा मुद्दा दर्ता भई फरार रहेका उनलाई शुक्रबार विमानस्थलबाट पक्राउ गरेर थप अनुसन्धान थालिएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : १४ माघ २०७८, शुक्रबार  १० : ४५ बजे

सहजरुपमा मल आपूर्तिका लागि मन्त्रालय गम्भीर : कृषिमन्त्री चौधरी

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले सहज रुपमा मल

राष्ट्रिय सहमतिमा संविधान संशोधन गर्न सांसद हमालको सुझाव

 काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका सांसद प्रमेशकुमार हमालले राष्ट्रिय सहमतिका आधारमा संविधान

लुम्बिनी प्रदेशसभाबाट थारू विधेयक सर्वसम्मत पारित

दाङ- लुम्बिनी प्रदेशसभाले ‘थारू समुदायका प्रथाजनित परम्पराको संरक्षण तथा प्रवर्द्धनसम्बन्धी विधेयक,

सरकारका सय दिनका उपलब्धीबारे संसद्लाई जानकारी

काठमाडौं–  सरकारले प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारका