आज २०७८ साल फागुन १६ गते सोमबारको राशिफल « Khabarhub

आज २०७८ साल फागुन १६ गते सोमबारको राशिफल


१६ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आज २०७८ साल फागुन १६ गते सोमबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ। तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको फलादेश:

२०७८ फागुन १६ गते सोमबार

मेष : आजको दिन सामान्य राम्रो छ। आय आर्जनको बाटो खुल्नेछ। राजनीति, सामाजिक क्षेत्र यथावत रहे पनि शैक्षिक क्षेत्रमा गरेको श्रम लगानीबाट उत्साहजनक फाइदा मिल्नेछ। वैदेशिक क्षेत्रमा पनि सफलता मिल्ने योग रहेको छ।

वृष : बोली कै कारण सम्बन्ध बिग्रने भएकाले बोल्दा सावधानी अपनाउनुहोला। प्रतिस्पर्धी बढ्नेछन्। राजनीतिमा सफलता मिल्नेछ। प्रेममा धोका पाइनेछ। गणेश भगवानको स्मरण गरे थालेको काममा फाइदा पुग्नेछ।

मिथुन : दिन सामान्य राम्रो छ। पठनपाठनमा रुची बढ्नेछ। शिक्षाको क्षेत्रमा गरेको श्रम लगानीबाट राम्रो नतिजा प्राप्त हुनेछ। सम्बन्ध सुमधुर हुनेछ। राजनीति क्षेत्रमा वादविवाद बढ्नेछ। सतर्कता भने अपनाउनुहोला।

कर्कट : दिन राम्रो छ। मित्रबाट सहयोग मिल्नेछ। यात्रामा समस्या हुनेछ। पश्चिमको यात्रा नगर्नु राम्रो।

सिंह : दिन राम्रो छ। आफ्नो तर्कले सार्थकता पाउनेछ। अरुको लागि पनि सोचेर काम गर्दा फाइदा हुनेछ। राजनीति, सामाजिक, आर्थिक क्षेत्र यथावत छन्। पठनपाठनमा रुची बढ्ने छ। दाम्पत्य जीवन सुखद् रहेको छ।

कन्या : दिन ठिकै छ। प्रियजनबाट धोका मिल्नेछ। बोलीमा ख्याल गर्नुपर्ने देखिन्छ। वैदेशिक रोजगारमा गरेको पहल कदमीले राम्रो फल दिनेछ। पूराना मित्रसँगको भेटले मन प्रशन्न हुनेछ।

तुला : दिन सामान्य राम्रो छ। बोलीमा ठूलो प्रभाव छ। सोचेर मात्र बोल्नुहोला। खर्च बढ्नेछ। प्रेममा धोका हुन सक्नेछ। अन्य क्षेत्र राम्रै रहे पनि राजनीतिको क्षेत्रमा आफ्नाबाट राम्रो सहयोग मिल्नेछ।

वृश्चिक : दिन ठिकै छ। बोल्दा ख्याल गर्नुहोला, मीठो बोले पनि नमिठो लाग्न सक्छ। रिस बढ्नेछ। संयमता अपनाउनुहोला।

धनु : दिन राम्रो छ। आफ्नो प्रभावले प्रतिस्पर्धी निस्तेज हुनेछन्। सोचेको काम बन्नेछ। पारिवारिक सम्बन्ध सुमधुर रहनेछ। धार्मिक क्षेत्रमा रुची बढ्नेछ। वैदेशिक क्षेत्रमा भने घाटा हुनेछ।

मकर : दिन राम्रो छ। काम बन्नेछन्। शिक्षाको क्षेत्रमा गरेको श्रम लगानीले राम्रो नतिजा दिनेछ। वैवाहिक सम्बन्धको लागि गरेको प्रयास सफल हुने योग रहेको छ। बिहानै उठेर सूर्यको दर्शन गर्नु फलदायी देखिएको छ।

कुम्भ : स्थानान्तरणको सम्भावना रहेको छ। आफू बसेको क्षेत्रमा भन्दा वरपरबाट मात्र प्रशंसा पाउने योग छ। ठूला योजना भने तर्जुमा नगर्नुहोला, ढिलासुस्ती हुनेछ। राजनीतिमा भने प्रभाव बढ्नेछ।

मिन : दिन राम्रो छ। अपुरा काम बन्नेछन्। पठनपाठनमा आलश्य बढ्नेछ। भगवान गणेशलाई सम्झिएर गरेको काम पूरा हुनेछ।

प्रकाशित मिति : १६ फाल्गुन २०७८, सोमबार  ४ : ५१ बजे

निर्वाचनका लागि चीनले ४० लाख डलर बराबरको अनुदान दिने

काठमाडौं– चीन सरकारले आसन्न निर्वाचनका निम्ति ४० लाख अमेरिकी डलर

महेश बस्नेतले भने- म शासक होइन, जनताको सेवक बन्न आएँ

भक्तपुर- नेकपा (एमाले) का सचिव एवम् भक्तपुर क्षेत्र नं. २

साम्बाको उपचार स्वदेशमै सम्भव छ नेपाली चिकित्सक र स्वास्थ्यकर्मीलाई बेवास्ता नगरौँ : चिकित्सक संघ

काठमाडौं– नेपाल चिकित्सक संघले राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा

०४६ सालपछिका सबै काण्डको छानबिन हुन्छ : लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ०४६ साल पछिका

एक दिनमै साम्बालाई जुट्यो ५२ हजार न्युजिल्यान्ड डलर, रोकिन् थप सहयोग

काठमाडौं– राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाले आफ्नो