लैङ्गिक समानताको पक्षमा अग्रवाल परिवारको आवाज | Khabarhub Khabarhub

लैङ्गिक समानताको पक्षमा अग्रवाल परिवारको आवाज


१६ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

प्रिया अग्रवाल जब आफ्नो विवाहमा उपस्थित भइन्, त्यो दृश्य धेरैका लागि आश्चर्यजनक थियो । सेतो घोडामा चढेर सुनौलो रङ्गको सारीमा हरियो ब्लाउज लगाएकी उनको उपस्थिति नै पितृसत्तात्मक समाजलाई चुनौती थियो । उत्तर भारतीय प्रान्तकी २७ वर्षीय प्रियाको त्यो फोटो र भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

जन्तीसँग त्यहाँ पुगेकी उनी परिवारसँग हाँस्ने, गाउने र रमाइलो गरिरहेकी थिइन् । यत्ति मात्र होइन ब्यान्डको साथमा नाची पनि रहेकी थिइन् ।
‘मलाई लाग्यो हरेक बरहरू विवाहको समयमा घोडा चढेर त्यहाँ जाने गर्छन् हामी बधूहरू किन यसो नगर्ने ?’ उनले भनेकी छन् । ‘त्यो घोडा चढेर जाँदा मलाई एउटा कमान्डर तथा सम्राट नै भएको आभास भएको थियो’हाँस्दै उनले भनेकी थिइन् ।

यसरी घोडा चढेर विवाहमा जाने प्रिया पहिलो महिला होइनन् । पछिल्लो समय भारतमा धेरै जनाले चालेको यो कदमको चर्चा भएको छ । तर यसरी उपस्थित हुनेहरू औलामा गन्न सकिने छन् । समाज शास्त्री तथा विवाह विशेषज्ञ निता राहेजाकाअनुसार भारतमा लजालु वधूको मान्यता हराउँदै गएको छ । घोडामा सवार भएर विवाह गर्न चाहने एउटा प्रतिकात्मक घटना हो ।

राम नारायण कोगटाले लेखेको पुस्तक ‘वेडिङ कस्टम एन्ड रिचुअल ’मा बरले राजसी पोसाक लगाएर घोडा चढेर आउनुको मतलब त्यस दिन आफूलाई राजाकै महसुस गर्नु हो । यसै गरी, कतै बधूलाई बिच बाटोमा हमला गरेमा सुरक्षाका लागि खुकुरी भिर्ने र साथमा जन्ती लिएर जाने प्रचलनको सुरुवात भएको कुरा उल्लेख गरेका छन् ।

राजस्थान र हरियाणाका धेरै भागमा विवाहको एक दिन अघि दुलहीलाई घोडामा राखेर छिमेकी र आफन्त कहाँ घुमाउने चलन छ । तर, उनका लागि पनि दुलहीले घोडा चढेर विवाह स्थलसम्म गएको दृश्य नै नौलो हो । त्यसो त पार्टी प्यालेस या अन्यत्र कतै विवाह महोत्सवको प्रचलन नै धेरै पछिको हो । प्राचीन कालमा दुलाहाले जन्ती लिएर दुलहीको घरमा नै जाने प्रचलन मात्र थियो ।

रहीजाकै विचारमा अहिले धेरै परिवर्तन आइ सकेको छ । उनी भन्छिन्,‘घुम्टोमा निहुरिएर आफन्तले ढाडस दिँदै दुलही विवाह मण्डपमा जाने चलन अब हराइ सकेको छ । अहिलेका दुलहीहरू फुलको गुच्छा लिँदै, हाँसी मजाक गर्दै आफूले चाहेको सङ्गीतको धुनमा रमाउँदै मण्डपसम्म पुग्ने गरेका छन्। ’

रहिजाकै विचारमा प्रियाको कदम एउटा नारीवादी वक्तव्य हो । ‘उनी दृढ छिन् । उनले भन्न खोजेको यो हो की अब हामी बराबर छौं।’प्रियालाई उनका बाबु नारिन्दर अग्रवालले नै घोडा चढेर विवाह मण्डपसम्म जाने सल्लाह दिएका थिए । व्यवसायमा रहेका अग्रवालले आफू सधैँ लैङ्गिक समानताको पक्षमा रहेको खुलासा गर्दै भन्छन्, ‘ मैले छोरा र छोरीमा कहिले पनि भेदभाव गरिन । गत वर्ष छोराको बिहेमा उ घोडा चढेर गएको थियो। यस कारण यो वर्ष मैले छोरीलाई पनि घोडा चढेर नै जान भनेको हुँ ’ उनी अगाडी भन्छन्,‘ यसले समाजमा धेरै अर्थ राख्छ । छोरा र छोरी बराबरी मात्र होइन, अभिभावकले साथ दिएमा छोरा र छोरीले उत्तिकै गर्न सक्छन् भन्ने सन्देश दिन खोजिएको हो।’

हरियाणामा स्थानीय सत्ता पितृसत्तात्मक भएको गुनासो नसुनिएको होइन । अग्रवाल परिवारको यो सन्देशले स्थानीय सरकार, समाजका जिम्मेवार व्यक्ति र राजनीतिक निकायमा समेत यसले प्रभाव पार्ने अपेक्षा गरिएको छ । अम्बलाको विगत त महिला छोरी प्रति अनुदार भएको गुनासो चलेको समयमा अग्रवालको समयमा यसले दिने सन्देशले अझ महत्त्वपूर्ण अर्थ राख्न सक्ने छ ।

सन् १९९० को दशक, प्रिया जन्मिएको समयमा त्यस जिल्लामा नै लिङ्ग पहिचान र भ्रूण हत्याको समस्या व्यापक थियो । प्रिया जन्मिए पछि खुसीले गद्गद भएका उनका बाले अस्पताल भरी नै मिठाइ बाडेका थिए । ‘आफ्नी गर्भवती छोरी या बुहारीको साथमा अस्पताल आइ पुगेका कतिपय प्रौढ महिलाले मलाई पागलको संज्ञा दिँदै त्यो मिठाइ फालेका थिए ।’ प्रियाको जन्म दिनको त्यस घटनालाई उनका बाबु अझ सम्झी रहन्छन् ।

बाबु नरिन्दर आफ्नी छोरी भाग्यमानी र सक्षम दुवै भएको बताउँछन् । बाबुको सबै व्यवसाय थेग्न छोरी सक्षम भई सकेकी छिन् । प्रियाको त्यो उपस्थितिलाई दुलाहा बनेका अधिवक्ता अरभ गुप्ताले भिडियो कल मार्फत हेरी रहेका थिए । प्रिया र उनको परिवारले त्यो उपस्थितिका बारे अरभलाई कुनै जानकारी नदिई एकै पटक अचम्ममा पार्ने योजना बनाएको थियो । अरभले सुरुवाती समयमा यसले आफूलाई आश्चर्य लागे पनि आफ्नी श्रीमती परिवर्तनको बाहक बन्ने क्रममा रहेकोमा खुसी व्यक्त गरेका छन् ।

गएका वर्ष विवाह सम्बन्धित धेरै फोटो भाइरल भएको थियो । यस्तै अर्को एक फोटो पनि सामाजिक सञ्जालमा भाइरल भएको थियो । सेप्टेम्बर महिनामा विवाह बन्धनमा बाँधिएको एक जोडीको बोल्ड फोटोले नेपाल र भारतको परम्परागत विवाह शैलीलाई नै चुनौती दिएको थियो । लभ कम एरेन्ज विवाह गरेका ऋषि र लक्ष्मीको चिनजान परिवार मार्फत एक वर्ष अगाडी भएको थियो । त्यो जोडी एक वर्ष प्रेममा बाँधिए पछि विवाह बन्धनमा बाँधिएको हो । उनीहरूको त्यो बोल्ड तस्बिर कुने फिल्मको छायाङ्कनकै झझल्को दिने खालको थियो ।

कोरोना महामारीका कारण उनीहरूको विवाह सीमित व्यक्ति माझमा भएको थियो । ५० जना भन्दा बढी उपस्थित हुन नपाइने नियम लागु भएको समयमा त्यो विवाह भएको हो । विवाहमा परम्परागत फोटो सुटकै प्रचलन भए पनि त्यसै विवाहका बेहुला ऋषिले रोमान्टिक फोटोको योजना बनाएका हुन् । बेहुली बनेकी लक्ष्मीले पनि त्यो फोटो सुटको समय आफूलाई उत्साहित तुल्याएको बताएकी छन् ।

यो फोटो सामाजिक सञ्जालमा पोस्ट गरे पछि थुप्रै समस्या नआएको होइन । फोटो कामुक भएको आरोप सहित धेरै ट्रोल नै बनाइए । कतिपयले कोठा पाएको या पोर्नोग्राफी गर्न योग्य भएको लगायतको टिप्पणी समेत गरेका थिए । मानिसले आफूलाई नाङ्गो भएको आरोप समेत लगाएको लक्ष्मी बताउँछिन् ।

यो फोटो पोस्ट भएको सुरुवातमा त आक्रामक प्रतिक्रिया मात्र आएका थिए । केही दिन पछि उनीहरूलाई ढाडस दिने प्रतिक्रिया पनि आउन थाले । धेरैले संस्कृति बिर्सेको आरोप लगाए पनि त्यो जोडी आफूहरूले सही गरेकोमा अडिग नै छ ।

यी त भए समानताको प्रतीक मानिएको विवाह र बोल्डनेसको कारण चर्चा पाएको विवाह । पछिल्ला वर्ष भारतमा अन्तरजातीय विवाह पनि धेरै भए । भारतमा अन्तरजातीय मात्र होइन, दुई फरक धर्मको बिचमा विवाह हुने क्रम पनि त्यत्तिकै बढेको छ । मुस्लिम पुरुष प्रति हिन्दु महिलाको आकर्षण बढेको छ । हिन्दु र मुस्लिम बिच एकताको सन्देश दिन ती धेरै विवाह काफी भएको जनाइएको छ ।

भारत संसारको बहु सांस्कृतिक देश हो । यसै बहु सांस्कृतिक देशमा यी सबै बिचको एकता प्रदर्शन हुने धेरै मुद्दा विगतमा पनि उठे । मुस्लिमहरूको बलियो उपस्थिति भएको क्षेत्रबाट सांसद भएर सबैलाई रिझाएर प्रधानमन्त्री बनेका नरेन्द्र मोदीले आफूलाई सक्षम नेताको रूपमा पुष्टि मात्र गरेका छैनन्, उनको दल माथि लागेको हिन्दुवादको आरोपबाट समेत मुक्ति दिलाएका छन् । अहिले मोदीको शासनलाई धार्मिक र सांस्कृतिक एकताको प्रतीकको रूपमा हेर्ने गरिएको छ ।

त्यसै भारतमा लैङ्गिक समानताको सवालमा केही समस्या नदेखिएका होइनन् । तथापि, ती असमानता हटाउन राज्य र व्यक्तिगत तवरबाट हुने थुप्रै प्रयास हुने गरेका छन् । यसै प्रयासको बिचमा अग्रवाल परिवारको कदम र त्यसले दिने सन्देश अर्थपूर्ण छ ।

यस वर्ष भाइरल भएका धेरै विवाहको फोटोको अर्थ परम्परागत सामाजिक मान्यतालाई चुनौती दिने हो । भाइरल भएका ती हरेक फोटोले समाजलाई कुन दिसामा लान उद्यत गर्छ यसै भन्न कठिन छ ।

प्रिया अग्रवालको फोटो भने विशेष अर्थको छ । छोरी जन्मेको खुसीयाली अस्पताल भरी मिठाइ बाँड्ने तीनै नरिन्दर अग्रवालले छोरीको विवाहमा चालेको कदमले हरियाणामा छोरी जन्मेको खुसीयाली मनाउने क्रमलाई अझ बढवा दिनेछ ।

– एजेन्सीहरूको सहयोगमा

प्रकाशित मिति : १६ फाल्गुन २०७८, सोमबार  १० : ०० बजे

संविधानको पुनरावलोकन : केलाउनैपर्ने कनिका

नेपालको संविधान (२०७२) कार्यान्वयनको नवौं वर्ष पूरा भएर आजदेखि १०

ग्रिनल्यान्डमा २० हजार लिटर डिजेल बोकेको जहाज डुब्यो

कोपेनहेगन । ग्रिनल्यान्डको तटमा बिहीबार २० हजार लिटर डिजेल लिएर

इमान्दारिताका साथ काम गरे संविधानको पूर्ण कार्यान्वयन हुन्छः बिजुक्छेँ

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले नेताहरुले

बिजुली उत्पादन बढाउन भारतमा ‘प्रधानमन्त्री सूर्यघर योजना’

काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतका १ करोड ३०

हैजाको जोखिमपछि खानेपानी मन्त्रीले भने : पाइप प्रणालीबाट आउने पानी मात्र उपभोग गर्नू

काठमाडौं – खानेपानी, सरसफाइ तथा ढल व्यवस्थापन मन्त्री प्रदीप यादवले