बहराइनस्थित नेपाली दूतावासबाट विद्युतीय राहदानी जारी « Khabarhub

बहराइनस्थित नेपाली दूतावासबाट विद्युतीय राहदानी जारी


१६ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा – बहराइनबाट विद्युतीय राहदानीको सेवा सुरु गरिएको छ । बहराइनस्थित नेपाली दूतावासले पनि विद्युतीय राहदानी जारी गर्ने कार्य सफलतापूर्वक परीक्षण गरिएको जनाएको छ ।

दूतावासले एक सूचना जारी गर्दै विद्युतीय राहदानीको लाइभ इनोल्मेन्ट सुरु गरिएको जनाएको छ । यन्त्रवाचक राहदानीको अवधि सकिएर नवीकरणका लागि दूतावासमा पुगेकी शर्मिला लिम्बुको आइतबार लाइभ इनोल्मेन्टबाट सेवा सुरु गरिएको हो ।

दूतावासका अनुसार उनी पश्चात श्रीराम खत्रीको समेत आइतबारै लाइभ इन्रोल्मेन्ट भएको छ। लाइभ इनोल्मेन्ट जारी रहेको समयमा राहदानी विभागका महानिर्देशक डोरनाथ अर्यालले भर्चुअल माध्यमबाट लाइभ इनोल्मेन्टको सेवा सुरु गरेको दूतावासले जनाएको छ ।

महानिर्देशक अर्यालले सेवाग्राही लिम्बुलाई बधाई ज्ञापन गर्दै उपकरणहरु पुग्नासाथ विद्युतीय राहदानी तदारुकताका साथ जारी गर्न सफल भएकोमा दूतावासका कार्यवाहक राजदूत अरूणा घिसिङ, श्रम सहचारी दामोदर दाहाल, सहचारी सुनिता लकान्द्री तथा दूतावासका कर्मचारीहरूमा धन्यवाद ज्ञापन गरेका थिए । महानिर्देशक अर्यालले दूतावासबाट अब विद्युतीय राहदानी मात्र जारी हुने बताए ।

यसैगरी उपकरणहरु बहराइन पठाउनुका साथै आवश्यक उपकरण सञ्चालन गर्न सहजीकरणको भूमिका खेल्न महानिर्देशक अर्याल, राहदानी विभागका सबै कर्मचारीलाई कार्यवाहक राजदूत घिसिङले धन्यवाद ज्ञापन गरेकी थिइन् ।

प्रकाशित मिति : १६ फाल्गुन २०७८, सोमबार  ९ : ३० बजे

कांग्रेसको मतगणना द्रूतगतिमा

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका

दसैँ मनाउन काठमाडौँबाट बाहिरिने यात्रुको चाप बढ्यो

काठमाडौँ– बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप

चौदण्डीगढी नगरपालिकाबाट सदा समुदायलाई दसैँखर्च सहयोग

उदयपुर– उदयपुरको चौदण्डीगढी नगरपालिकाले नगरभित्रका सदा समुदायलाई दसैँ खर्च उपलब्ध

एक महिलासँगको टेलिफोन अडियो प्रकरणमा सांसद सुनारमाथि रास्वपाबाट छानबिन सुरु

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसद खगेन्द्र सुनारमाथि

कांग्रेस महिलातर्फ केन्द्रीय सदस्यमा बासना थापालाई धेरै मतको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य महिलातर्फ १५