बहराइनस्थित नेपाली दूतावासबाट विद्युतीय राहदानी जारी « Khabarhub

बहराइनस्थित नेपाली दूतावासबाट विद्युतीय राहदानी जारी


१६ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा – बहराइनबाट विद्युतीय राहदानीको सेवा सुरु गरिएको छ । बहराइनस्थित नेपाली दूतावासले पनि विद्युतीय राहदानी जारी गर्ने कार्य सफलतापूर्वक परीक्षण गरिएको जनाएको छ ।

दूतावासले एक सूचना जारी गर्दै विद्युतीय राहदानीको लाइभ इनोल्मेन्ट सुरु गरिएको जनाएको छ । यन्त्रवाचक राहदानीको अवधि सकिएर नवीकरणका लागि दूतावासमा पुगेकी शर्मिला लिम्बुको आइतबार लाइभ इनोल्मेन्टबाट सेवा सुरु गरिएको हो ।

दूतावासका अनुसार उनी पश्चात श्रीराम खत्रीको समेत आइतबारै लाइभ इन्रोल्मेन्ट भएको छ। लाइभ इनोल्मेन्ट जारी रहेको समयमा राहदानी विभागका महानिर्देशक डोरनाथ अर्यालले भर्चुअल माध्यमबाट लाइभ इनोल्मेन्टको सेवा सुरु गरेको दूतावासले जनाएको छ ।

महानिर्देशक अर्यालले सेवाग्राही लिम्बुलाई बधाई ज्ञापन गर्दै उपकरणहरु पुग्नासाथ विद्युतीय राहदानी तदारुकताका साथ जारी गर्न सफल भएकोमा दूतावासका कार्यवाहक राजदूत अरूणा घिसिङ, श्रम सहचारी दामोदर दाहाल, सहचारी सुनिता लकान्द्री तथा दूतावासका कर्मचारीहरूमा धन्यवाद ज्ञापन गरेका थिए । महानिर्देशक अर्यालले दूतावासबाट अब विद्युतीय राहदानी मात्र जारी हुने बताए ।

यसैगरी उपकरणहरु बहराइन पठाउनुका साथै आवश्यक उपकरण सञ्चालन गर्न सहजीकरणको भूमिका खेल्न महानिर्देशक अर्याल, राहदानी विभागका सबै कर्मचारीलाई कार्यवाहक राजदूत घिसिङले धन्यवाद ज्ञापन गरेकी थिइन् ।

प्रकाशित मिति : १६ फाल्गुन २०७८, सोमबार  ९ : ३० बजे

संकटमा अवसर गुमाउँदा यता न उताका भए शेखर

काठमाडौं– जेन–जी आन्दोलनपछि करिब थला परेको नेपाली कांग्रेसमा विशेष महाधिवेशन

इरानमा प्रदर्शन चर्किँदै गएपछि अमेरिकाद्वारा मध्यपूर्वमा क्यारियर स्ट्राइक ग्रुप तैनाथ

काठमाडौं- अमेरिकाले क्यारियर स्ट्राइक ग्रुपका युद्धपोत मध्यपूर्वतर्फ तैनाथ गर्न थालेको

सुडानमा कोष अभावमा मार्चपछि चरम सहायताको लागि खाद्य अभाव हुने राष्ट्रसङ्घको चेतावनी

एजेन्सी– सुडानमा नयाँ कोषको व्यवस्था नभएसम्म मार्चको अन्त्यपछि सहायताका लागि

त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम बन्द

काठमाडौं– महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले आजदेखि स्वास्थ्य बिमा