युक्रेनबाट पोल्यान्डको सीमा पुगेका भारतीय विद्यार्थीमाथि कुटपिट « Khabarhub

युक्रेनबाट पोल्यान्डको सीमा पुगेका भारतीय विद्यार्थीमाथि कुटपिट


१६ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – रुसले युक्रेनमा आक्रमण थालेपछि पोल्यान्डको सीमा पुगेका भारतीय विद्यार्थीहरूमाथि कुटपिट भएको छ ।

सामाजिक सञ्जालमा भाइरल भिडियोमा सीमावर्ती क्षेत्रमा तैनाथ सुरक्षाकर्मीले विद्यार्थीहरूमाथि निर्घात कुटपिट गरेको देख्न सकिन्छ ।

सीमामा फसेका भारतीय विद्यार्थीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएअनुसार सुरक्षाकर्मीले सीमा क्षेत्रमा फसेका भारतीय तथा अफ्रिकीमूलका विद्यार्थीलाई पोल्याण्ड प्रवेश गर्न दिइरहेका छैनन् ।

सुरक्षाकर्मीले हवाई फायर गरी विद्यार्थीलाई युक्रेन फर्काउने प्रयास गरिरहेको जनाइएको छ । यद्यपि कुटपिट गर्ने सुरक्षाकर्मी कुन मुलुकका हुन् भन्ने स्पष्ट नभएको बुझिएको छ ।

युक्रेनमा जारी युद्धबाट ज्यान बचाएर अहिले लाखौँ युक्रेनी र विदेशी नागरिक छिमेकी पोल्याण्ड रोमानिया, हंगेरी, स्लोभाकिया मोल्दोभाजस्ता देशमा शरण लिन पुगिरहेका छन् ।

प्रकाशित मिति : १६ फाल्गुन २०७८, सोमबार  ११ : २३ बजे

नवलपरासीमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ एस मोडस्थित

बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति

पर्वत– असोज ८ गतेदेखि लगातार वर्षा हुने पूर्वसूचना पाए पनि

उडिरहेको जहाजमा चक्कु प्रहारबाट घाइते पाइलट स्मित मच्छरसँग भारतीय प्रधानमन्त्री मोदीको टेलिफोन संवाद

काठमाडौँ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फ्लाईदुबईका घाइते पाइलट क्याप्टेन स्मित

धादिङको फुर्केखोला वैकल्पिक सडक पाँच घण्टा बन्द हुने

धादिङ– पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ स्थित फुर्केखोलाको पुल बगाएपछि

यी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल