युक्रेनी राष्ट्रपतिको हत्या गर्न रुसद्वारा भाडाका सेना परिचालन « Khabarhub

युक्रेनी राष्ट्रपतिको हत्या गर्न रुसद्वारा भाडाका सेना परिचालन


१६ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भाडाका सैनिक परिचालन गरी युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको हत्या गर्ने रुसी षड्यन्त्र पर्दाफास भएको छ ।

रुस सरकारले जेलेन्स्कीको हत्या गर्न वाग्नर ग्रुप नामक निजी सैनिक कम्पनीका मर्सिनरी लडाकु परिचालन गरेको बेलायतको द टाइम्स पत्रिकाले जनाएको छ ।

ग्रुपका ४ सय लडाकु अहिले जेलेन्स्कीको हत्या गर्ने षड्यन्त्रका लागि किभ परिचालन भएको द टाइम्सले जनाएको छ । उक्त पत्रिकाका अनुसार ती लडाकु पाँच साताअघि अफ्रिकी देशहरुबाट युक्रेन पुगेका थिए ।

जेलेन्स्कीको हत्या गरी युक्रेनको सरकार ढलेको अवस्थामा यस समूहलाई ठूलो रकम दिन रुस सरकारले बाचा गरेको जनाइएको छ ।

यसबारे युक्रेन सरकारलाई शनिबारमात्रै थाहा भएको बुझिएको छ । राजधानी किभमा कफ्‌र्यु लागेको बेला फेला परेका रुसी जासुस र सादा पोसाकमा रहेका रुसी लडाकुलाई केरकार गर्दा नयाँ षड्यन्त्र पर्दाफास भएको हो ।

प्रकाशित मिति : १६ फाल्गुन २०७८, सोमबार  ११ : ५१ बजे

नवलपरासीमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ एस मोडस्थित

बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति

पर्वत– असोज ८ गतेदेखि लगातार वर्षा हुने पूर्वसूचना पाए पनि

उडिरहेको जहाजमा चक्कु प्रहारबाट घाइते पाइलट स्मित मच्छरसँग भारतीय प्रधानमन्त्री मोदीको टेलिफोन संवाद

काठमाडौँ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फ्लाईदुबईका घाइते पाइलट क्याप्टेन स्मित

धादिङको फुर्केखोला वैकल्पिक सडक पाँच घण्टा बन्द हुने

धादिङ– पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ स्थित फुर्केखोलाको पुल बगाएपछि

यी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल